२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सञ्चित बिदा धेरै भए वर्षको अन्तमा भुक्तानी (भिडियो सहित)

कुनै पनि कार्यालय वा प्रतिष्ठानमा काम गर्ने श्रमिकले बिदा पाउनु उसको नैसर्गिक अधिकार हो। बिदाले एक्लो व्यक्तिलाई मात्रै फाइदा गर्दैन। बिदा बसेर काममा फिर्किसके पछिको जुन ताजकी हुन्छ त्यसले उक्त कार्यालय वा प्रतिष्ठानलाई समेत फाइदा पुर्‍याउछ।

कतिपय कार्यालय वा प्रतिष्ठानले आफ्ना कर्मचारीलाई बिदा दिन भने आनाकानी गरिरहेका हुन्छन्। यस्तो अवस्थामा बिदाबारे नेपालको कानुनमा तोकिएको व्यवस्था बारे के तपाईँलाई के थाहा छ ? 

कर्मचारी वा श्रमिकले त्यस्तो बिदा वर्षमा कति दिन पाउँछन्रु कुन–कुन अवसर वा अवस्थामा कति दिन बिदा लिन पाइन्छरु के तपाईँ जानकार हुनुहुन्छ ? यदि तपाईँले पाउने बिदा पनि लिन’ भएन भने त्यो जोगिएको सञ्चित बिदाको अवस्था के हुन्छरु श्रम ऐन, २०७४ र सम्बन्धित कार्यालयको श्रम विनियमावली बमोजिम यस्तो बिदा बारे व्यवस्था गरिएको हुन्छ।

श्रम ऐन, २०७४ बमोजिम श्रमिकले पाउने बिदाहरूमध्ये घर बिदा र बिरामी बिदा पर्दछन्। प्रत्येक श्रमिकलाई एक वर्षमा कम्तीमा १८ दिन घर बिदा र १२ दिन बिरामी बिदा पाउने हक हुन्छ। यदि त्यस्तो बिदा पुरा उपयोग नगरी बाँकी रहेको खण्डमा श्रमिकको सेवा अवधिभर घर बिदाको हकमा ९० दिन र बिरामी बिदाको हकमा ४५ दिनसम्म बिदा सञ्चित हुन्छ। त्यस्तो सञ्चित बिदा बापत श्रमिकले नगद भुक्तानी प्राप्त गर्दछ।

तर श्रमिकले कार्यालय छोड्दा मात्र त्यस्तो सञ्चित घर बिदा र बिरामी बिदा बापतको भुक्तानी पाउँदछ। त्यस्तो भुक्तानी श्रमिकले कार्यालय छोड्दाका बखत कायम रहेको श्रमिकको आधारभूत पारिश्रमिकको दरले गणना गरिन्छ।

यदि ९० दिन घर बिदा र ४५ दिन बिरामी बिदा सञ्चित भइसकेपछि पनि श्रमिकको बिदा अझै सञ्चित हुँदै गएमा, त्यस्तो अधिक सञ्चित बिदाको भुक्तानी भने सोही वर्षको अन्त्यमा नै प्राप्त गर्न सकिन्छ। यस्तो अधिक सञ्चित बिदाको भुक्तानी जुन वर्षमा गरिने हो सोही वर्षको अन्त्यमा कायम रहने श्रमिकको आधारभूत पारिश्रमिकको दरले गणना गरिन्छ।

प्रकाशित: २३ आश्विन २०८० १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App