१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिइने

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्काय आठौँ सेमेस्टरका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ। प्रदेश भित्रका मृतक विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका छन्।  

मुटु रोगको उपचारका लागि आवश्यक उपकरण सहयोग

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ब्याक टु लाइफले कर्णाली प्रदेश अस्पताललाई हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक पर्ने एक करोड भन्दा बढी मूल्यका सामाग्री उपलब्ध गराएको छ। टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता अत्यावश्यक उपकरण ब्याक टु लाइफ जर्मनीका अध्यक्ष स्टेला डिट्जेनले प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्कालाई हस्तान्तरण गरेका छन्।  

मेडिकल अधिकृतमा आवेदन नै परेन

करारमा मेडिकल अधिकृत नियुक्तका लागि विज्ञापन खोलेको दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एउटै आवेदन परेन। ५० शैयाको उक्त अस्पतालमा एकसय ५० जनालाई सेवा दिँदै आएकोमा अब दुई सय शैयाको बनाउने प्रदेश सरकारको तयारी छ।  

खाद्यले दसैंमा मुस्ताङी च्यांग्रा नकिन्ने

खरिद मूल्य महंंगो र पर्याप्त मात्रामा समेत नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ। एक हजार च्यांग्रा र दुईहजार खसीबोका किन्ने तयारी गरेको खाद्यले रसुवाबाट च्यांग्रा खरिद गर्दै छ।

३३ प्रतिशत नेपालीमा मानसिक समस्या

नेपालको ३३ प्रतिशत जनसंख्या कुनै पनि बेला कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित हुने चिकित्सकहरूको दाबी छ। एक करोड नेपालीलाई कुनै पनि समयमा कुनै किसिमको मानसिक रोग लाग्ने ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रिलेको पत्रकार सम्मेलनमा चिकित्सकहरुले बताएका छन्।  

लहान बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

यसअघि नै ३५ दिने सूचना जारी गरेको सिरहाको लहान नगरपालिकाद्वारा बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरिएको छ। सफा र सुन्दर नगर बनाउन सडक पेटीको अतिक्रमण हटाउन सुरु गरेको नगर उपप्रमुख रामचलितर महतो भनाइ छ।

स्कुस निर्यात खुल्यो, तर भारतीय बजारमा पुर्याउन नसक्दा किसान चिन्तित

उत्पादनको मुख्य सिजनमा नेपाली बजारमा माग उच्च भएका कारण छिमेकी मुलुक भारतीय बजारमा बेच्न नपाउँदा स्कुस किसानले लगानी नै उठाउन गाह्रो भएको छ। अन्य बालीसमेत मासेर बारीभरि स्कुस लगाएका किसान मूल्य नपाएको भन्दै चिन्तामा छन्।  

प्रकाशित: २२ आश्विन २०८० १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App