२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बंकरका नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्दै छ उद्धार

बंकरभित्र रहेका नेपाली विद्यार्थीको उद्धार इजरायली सेनाले गर्न थालेको छ।

बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।

उनले सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन्। 

उनले भनेका छन्, 'हामीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको छ। यहाँ आंतककारीहरुको डर छैन। चारैतिर सेनाहरु रहेका छन्। त्यति धेरै तनाव लिनुपर्ने अवस्था छैन।'

इजरायल आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने  ४ जना घाइते भएका छन्।

प्रकाशित: २२ आश्विन २०८० १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App