२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ को अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा

जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ को अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू भएको छ।

सम्मेलनमा  बंगलादेश, भारत, नेपाल,न्युजिल्याण्ड र श्रीलंका लगायतका देशबाट करीब १ सय ५० जनाको सहभागिता रहनेछ।तीन दिनसम्म चल्ने सम्मेलनमा विविधता, समानता र समावेशीता साथै लैङगिक समानता र जलवायुबाट महिलामा पारेको असरबारे छुट्टा – छुट्टै गहन छलफल हुने छ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जोन्टा डिस्ट्रिक्क २५ को गभर्नर सृजना राणाले फरक –फरक देशका अनुभव, समस्या र सुझाव आदानप्रदान गरी उपयुक्त अभ्यासहरूलाई एक अर्काे देशले अनुकरण गर्ने जानकारी दिइन्।

सम्मेलनमा महिला बालबाललिकाहरूको सशक्तिकरण, लैङगिक हिंसा र जलवायु परिर्वतनले महिलामा पारेको प्रभावको उचित सम्बोधन गर्न विचारहरू आपसमा आदानप्रदान गरिने छ।

बंगलादेश, भारत, नेपाल र श्रीलंका सम्मिलित जोन्टा क्लव डिस्ट्रिक्ट २५ को गभर्नरको भूमिका निर्वाह गर्दै आएकी सृजना राणाले महिलाको शिक्षा, आर्थिक, विकास र समानता लगायत महिला हिंसा अन्त्यका लागि सशक्क्त अभियान सञ्चालन गर्दै आएको बताइन्। जलवायु परिर्वतनबाट महिलाहरू बढी प्रभावित भैरहेकाले त्यसलाई कसरी उचित रूपमा सम्बोधन गर्ने विषयमा सम्मेलनले निष्कर्ष निकाल्ने गर्भनर राणाले बताइन्।

जोन्टा इन्टरनेशनलले विगत एक शताब्दीदेखि महिला सशक्त्तीकरणको पैरवी गर्दै आएको छ। विश्वभरबाट ३० हजार बढी व्यवसायिक महिला उक्त संस्थामा आवद्ध छन्। ६७ वटा बढी देशमा विभिन्न क्लव मार्फत् महिला अधिकार, मानव अधिकार, महिलाको आर्थिक दक्षता बृद्धिका मुद्दामा पैरवीको काम गरिरहेको जानकारी दिइएको छ। सम्मेलनको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले अहिले साँझ उद्दघाटन गर्दैछन्।

प्रकाशित: १९ आश्विन २०८० १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App