६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

उच्च अदालत सुर्खेत जुम्ला इजलासमा भर्चुअलबाट बकपत्र दिन मिल्ने

मुगु, हुम्ला, कालिकोट र डोल्पामा न्यायिक सेवा लिन खर्चिलो र असहज भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले भर्चुअल सेवा शुरु गरेको छ।

ती जिल्लाका लागि कुनै व्यक्तिले सम्बन्धित जिल्ला अदालत पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रूपमा बहस, वकपत्र र तारेख लिन पाउने छन्। हुम्लाबाट जुम्ला आउँदा एक हप्ता लाग्ने गुनासो आएपछि प्रविधिमैत्री न्याय सम्पादन शुरु गरिएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिष्टार यामप्रसाद बास्कोटाले बताए। उनले भने, 'नियमित वकपत्र गर्न, बहस गर्न, तारिख लिन भौतिक रूपमा अदालत आइराख्नुपर्ने झन्झट अन्त्य हुने भएको छ।'

त्यस्तै अदालतले प्रविधिको उच्चतम प्रयोग गरी न्यायसम्पादनलाई छिटो छरितो र कम खर्चिलो बनाउने अभ्यास थालनी गरेको उच्च अदालत सुर्खेत जुम्ला इजलासका वरिष्ठतम न्यायाधीश श्रीमणकुमार गौतमले बताए।

प्रकाशित: १९ आश्विन २०८० ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App