६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पाक्न थाले जुम्ली मार्सी धान

जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान पाक्न थालेको छ। यतिबेला खेतहरूमा लहलह धान झुलिएका देखिन्छन्।

जुम्ला काली मार्सी धान उत्पादन हुने क्षेत्रको रुपमा जुम्ला देशभर प्रसिद्ध छ। यहाँका किसानहरु पाक्दै गरेको धान काट्न उत्साहित छन्।

पछिल्लो समय जुम्ला पुग्ने आन्तरिक पर्यटकहरू मार्सी धानको चामल झोलामा राख्न बिसर्दैनन्। सयौं वर्षअघि काठमाडौंका राणा तथा शाह खलकका शासकहरूले पनि जुम्लाबाटै मार्सी धान मगाउने इतिहासमा (किंवदन्ती) छ।  

जुम्लाको २ हजार ९ सय ५० हेक्टरमा धान खेती भएकोमा ६ हजार ३ सय ७७ मेट्रिकटन उत्पादन हुन्छ। त्यसमध्ये धेरैजसो मार्सी धान नै फल्ने गरेको छ। यहाँ फलेको जुम्ली मार्सी धानबाट उत्पादन हुने चामल देशका विभिन्न सहरमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ।

काली मार्सी धानको संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश सरकार र संघीय सरकारले पनि किसानलाई विभिन्न राहत कार्यक्रम ल्याउनुपर्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।  

प्रकाशित: १८ आश्विन २०८० ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App