५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कपनवासीले महानगरसमक्ष बुझाए ज्ञापनपत्र

चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दा पनि व्यवस्थापन नभएको भन्दै आन्दोलित कपनका स्थानीयले मंगलबार काठमाडौं महानगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएका छन्। खहरे खोला अलपत्र पारेको भन्दै आन्दोलित उनीहरूले महानगरका प्रमुख प्रकाशकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन्।

साउनको अन्तिम साता काठमाडौं महानगरपालिकाको डोजरले कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधारणले दुर्गन्धको सामना गर्नुपरेको सुनाए।

 त्यसैगरी उनीहरूले उपत्यका विकास प्राधिकरणमा पनि ज्ञापनपत्र बुझाएका छन्। प्राधिकरणले कपन क्षेत्रको पानी निकासका लागि बक्स कल्भर्ट योजना अगाडि सारेर काम सुरु गरेको थियो। काठमाडौं महानगरले डोजर चलाएपछि अलपत्र परेको योजना नियमित गर्न स्थानीयले माग गरेका हुन्।

कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीनबुँदे सहमति भएसँगै खोला खोल्ने काम सुरु भएको थियो।  सहमति पालना नभएपछि स्थानीय आन्दोलित भएका थिए।

प्रकाशित: १७ आश्विन २०८० ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App