९ असार २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगरमा सुत्केरी,जेष्ठ र फरक क्षमता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा

विराटनगर महानगरपालिकाले सुत्केरी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

विराटनगर महानगरपालिककी कार्यवहाक मेयर शिल्पा निराला कार्कीले आज एम्बुलेन्स सेवाको उद्घाटन गर्दै महानगरपालिकाले सुत्केरी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताइन्।

कार्कीले महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुने, त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने जानकारी दिइन्।

उनले दुई वटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिने बताउँदै  लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्य नगरवासीलाई पनि सहुसलयत दरमा ३ सय रुपैयाँ शुल्क तोकिएको जानकारी दिइन्।  

महानगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग नगरिने  स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले बताए।  विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्ने अलिले जानकारी दिए।  

प्रकाशित: १६ आश्विन २०८० १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App