७ वैशाख २०८१ शुक्रबार
समाज

वौद्धिक चोरी आरोपमा केयूका पाँच चिकित्सक कालो सूचीमा

काठमाडौं-  नेपालका पाँच चिकित्सकहरुलाई इन्डोनेसिया स्थित बाली मेडिकल जर्नलले कालो सूचीमा राखेको छ। पाँच नेपाली बाहेक उक्त सूचीमा भारतीय चिकित्सक समेत छन्।

जर्नलले वौद्धिक चोरीको आरोपमा उनीहरुलाई कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने नेपाली चिकित्सकमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका मुकेश कुमार श्रीवास्तव, सी. थानपरी, आरके गोइत, एनके यादव र आरके मित्तल रहेका छन्। यस्तै भारतीय चिकित्सकमा भी.रोहिल छन्।

उनीहरुले काठमाडौं स्थित ओम अस्पतालका चिकित्सकहरु डा. भोला रिजाल, डा. भरत झा, डा. आर. श्रेष्ठको शोधपत्रको हुवहु नक्कल गरी बाली मेडिकल जर्नलमा प्रकाशित गराएका थिए।

यस सम्वन्धमा नागरिक र रिपब्लिका दैनिकमा बिहीबार समाचार प्रकाशित भएपछि बाली स्थीत जर्नलको सम्पादकीय टिमले वौद्धिक चोरी आरोपमा ६ चिकित्सकलाई कालो सूचीमा राखेको हो। जर्नलको वेभमा उनीहरुलाई कालो सूचीमा राखिएको उल्लेख गरिएको छ। साथै जर्नलको वेभबाट उक्त शोधलाई हटाइएको छ।

उनीहरुले २०१३ मा उनीहरुले डा. भोला रिजाल, डा. आर. श्रेष्ठ र डा. भरत झाले तयार पारेको ‘एसोसिएसन अफ थाइराइड डाइसफंसन अमंग इन्फर्टाइल ओमन भिजिटिङ इन्फर्टिलिटी सेन्टर अफ ओम हस्पिटल काठमाडौं नेपाल’ नाम गरेको शोधलाई कपी पेस्ट गरेर प्रकाशित गरेका थिए। उक्त शोध २०११ मा नेपाल मेडिकल जर्नलमा प्रकाशित भैसकेको थियो।

उक्त शोधलाई डा. मुकेशकुमार श्रीवास्तव, डा. सी. थानपरी, डा. आरके गोइत, डा. एनके यादव, डा. आरके मित्तल र डा. भी. रोहिलले हुबहु कपी गरी ‘एसोसिएसन अफ थाइराइड डाइसफंसन अमंग इन्फर्टाइल ओमन भिजिटिङ नेपालगन्ज मेडिकल कलेज हस्पिटल, कोहलपुर, नेपाल’ राखेर प्रकाशित गरेका थिए।

प्रतिलिपि अधिकार ऐन २००६ को धारा २६ (१) मा अर्काको सामग्री अनुमति नलिई प्रकाशित गरेमा १० हजारदेखि एक लाखसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै हुने व्यवस्था छ ।  

६ जना शोधकर्तामध्ये श्रीवास्तव, थानपरी, गोइत र मित्तल काठमाडौं विश्वविद्यालय र नेपालगन्ज मेडिकल कलेजसँग आबद्ध छन् भने यादव काठमाडौं विश्वविद्यालय र मणिपाल कलेज मेडिकल साइन्स पोखरा तथा डा. रोहिल बल्लभभाइ पटेल चेस्ट इन्स्टिच्युट दिल्लीको क्लिनिकल बायोकेमेस्ट्री डिपार्टमेन्टको असिस्टेन्स प्रोफेसरका रुपमा कार्यरत थिए।   

 

प्रकाशित: २७ आश्विन २०७४ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App