३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप

जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट नगरमै राखेर वडामा कम पठाएको वडाध्यक्षहरुले आरोप लगाएका छन्।

चन्दननाथ-५ का वडाध्यक्ष बिर्खबहादुर कार्की, ७ का वडाध्यक्ष गणेशबहादुर महत, ९ का वडाध्यक्ष भिमबहादुर रावत र १० वडाका वडाध्यक्ष नवराज शाहीले संयुक्त विज्ञप्ति निकालेर मेयर-उपमेयरले आफूखुशी बजेट वडामा पठाएको आरोप लगाएका हुन्।

वडाध्यक्षहरुले वडाको आवश्यकताको आधारमा नभई मेयर उपमेयरले आफूखुशी बजेट दिएको दुखेसो गरेका छन्।

उनीहरुले सबै बजेट पालिकामा राखेर वडामा जम्मा १६ लाखमात्र पठाउने निर्णय गरेको आरोप लगाएका छन्।  

यता उपमेयर रामदेवी खड्काले केही वडा अध्यक्षहरुले नभएको आरोप लगाएको बताइन्। नगरको भवन भर्खरै निर्माणधिन रहेको हुँदा सोहि भवनका लागि लागि १ करोड बजेट राखिएको उनको भनाइ छ। १० वडामा ३३ लाख बजेट गएको पनि उनले बताइन्।  

प्रकाशित: १२ आश्विन २०८० ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App