१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्वास्थ्य चौकी जाँदा बाटोमा भुत लाग्ने अन्धविश्वासले घरमै सुत्केरी हुन्छन् जुम्लाका महिला

सरकारले सुरक्षित प्रसूतिका लागि देशभर स्वास्थ्य केन्द्र,चौकीहरूमा र बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ। घरमै प्रसूति गराउने अवस्थालाई शून्यमा झार्ने सरकारको नीति भएपनि जुम्लाका विकट तथा  ग्रामीण भेगका महिलाहरु अझैपनि घरमै असुरक्षित प्रसूति गराइरहेका छन्। यसले आमा र शिशुको स्वास्थ्य र जीवन नै जोखिममा परेको छ।

पातारासी गाउँपालिका–३ महरी गाउँकी लालकली बुढाले घरमै बच्चा जन्माइन्। उनको बच्चा जन्मेको ७ दिन मात्रै बाँच्यो। बच्चाको मृत्युले लालकलीलाई अझै पनि पिरोलिरहेको छ। उनलाई स्वास्थ्यचौकी गएर सुरक्षित प्रसूति गराएको भए बच्चा बाँथ्यो की भन्ने लाग्छ।

बर्थिङ सेन्टर पुग्न पैदल आउजाउ गर्न ६ घण्टा समय लाग्ने हुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको उनी बताउँछिन्। २ सय ४० घरधुरी भएको महरी गाउँका सबै घरमै सुत्केरी हुने गरेका छन्।

घरमै बच्चा जन्माएकी महरीकै सरिता बुढा भने स्वास्थ्यचौकी जाँदा भुइयार लाग्छ भन्ने डरले नगएको बताउँछिन्। भुइयार भनेको भुतप्रेत हो। महरीकै २५ वर्षकी निर्मला बुढा पनि सोही कुरामा सहमति जनाउँदै भन्छिन्,बाटोमा खोला तर्नुपर्छ। देउता लाग्छन् भन्ने डर पनि लाग्छ। त्यही भएर घरमै सुत्केरी हुन्छौँ।

पातारासी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन बुढा थापा महिलाहरु अन्य रोगको उपचार गराउन स्वास्थ्य चौकी आउने गरेको भएपनि सुत्केरी हुन भने नआउने बताउँछन्।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा जुम्लामा १ हजार ७ सय ४२ जनाले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराएका छन्। ती मध्ये ७१ जना घरमै प्रसूति भएका छन्। 

प्रकाशित: ५ आश्विन २०८० १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App