३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अमेरिकाबाट पोखरा र वीरगञ्ज पठाएको पार्सलमा गाँजा

अमेरिकाबाट हुलाकमार्फत पठाइएको पार्सलमा गाँजा भेटिएको छ।

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको हो।

भदौ १९ गते अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्ली बजार मार्फत जिल्ला हुलाक कार्यालय बिरगंजमा प्राप्त हुने गरी पठाईएको पार्सलमा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

उक्त पार्सल लिन आउने बिरगंज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै २४ गते अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्ली बजार मार्फत जिल्ला हुलाक कार्यालय पोखरामा पठाईएको पार्सलमा १ के.जी. ४०० ग्राम गाँजा भेटिएको छ। पार्सल लिन आउने भारतीय नागरिक बर्ष २४ को एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ।

गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ। उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ।

प्रकाशित: ३१ भाद्र २०८० ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App