२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

के हो ‘प्राइभेट इक्युटि फन्ड’ ? कसरी गरिन्छ लगानी ? (भिडियो सहित)

सामान्य अर्थमा भन्नुपर्दा ‘प्राइभेट इक्युटि फन्ड’ भन्नाले विभिन्न लगानीकर्ताहरूबाट जम्मा गरिएको रकम हो जसको लगानी व्यवसायी व्यवस्थापकले गर्ने गर्दछ।

नेपालमा पछिल्लो  ७ र ८ वर्षमा नेपाल र विदेशमा रहेका ‘प्राइभेट इक्युटि फन्ड’हरूबाट विभिन्न व्यवसायहरूमा १० अरब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

यस्ता  फण्डहरूले खासगरी परम्परागत रूपमा बैंकको ऋण लिन योग्य नभएका प्रारम्भिक चरणमा रहेका व्यवसायहरू, स्टाटअर्प, प्रविधिमा आधारित सेवा प्रदायक जस्ता व्यवसायहरूलाई आवश्यक पर्ने पुँजी प्रदान गर्दछ।

नेपालमा हालसम्म ४ प्रकारका प्राइभेट इक्युटि फन्ड सञ्चालनमा छन्। ती विभिन्न क्षेत्रमा लगानी भइरहेका छन्। अपतटीय कोष, अनश्वर एफडीआइ कोष, अनश्वर स्थानीय कोष र विशेषकृत लगानी कोष।

अपतटीय कोष नेपाल बाहिर दर्ता भएको फन्ड हो जसले अन्य विदेशी लगानीकर्ता सरह नेपाली कम्पनीहरूमा विदेश बाटै प्रत्यक्ष लगानी गर्दछन्। डोल्मा इम्प्याक्ट फन्ड १ र २ मौरिससमा रहेको अपतटीय कोषको यसका उदाहरण हुन। यसले फुडमाण्डु, उपया सिटी, चिरायु अस्पतालगायत नेपालमा १२ वटा कम्पनीमा लगानी गरेको छ।

अनश्वर एफडीआइ कोष नेपालमा पूर्ण वा आंशिक विदेशी लगानीद्वारा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित हुन्छ। तिनीहरू मूख्यतया लगानी कम्पनीहरू हुन्। तर सामान्य साझेदारहरू र सीमित साझेदारहरूको हितलाई विभिन्न वर्गको शेयर र सम्झौताहरू मार्फत व्यवस्थित गर्छन्। बिजनेस अक्सिजन र वान टु वाच नेपालमा सञ्चालनमा रहेका अनश्वर एफडीआइ कोषका केही उदाहरण हुन्।

त्यस्तै अनश्वर स्थानीय कोष नेपालमा लगानी गरिरहेका तेस्रो प्रकारको कोष हो जुन शत प्रतिशत नेपाली लगानीकर्ताहरूद्वारा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको  हुन्छ। विशिष्टीकृत लगानी कोष नेपालमा सञ्चालनमा अन्तिम प्रकारका कोष हुन जुन विशिष्टीकृत लगानी कोष नियमावली २०१९ अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कोषहरू हुन्।

यस्ता कोष दर्ताको लागि आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त गरेका कोष व्यवस्थापकहरूले मात्र दिन सक्ने व्यवस्था छ। अवसर इक्युटी फन्ड र लक्स्मी सस्टेनेबल एनर्जी फन्ड विशिष्टीकृत लगानी कोषका केही उदाहरण हुन्।

नेपालमा प्राइभेट इक्युटि फन्डको सुरुवात सन् २०१४ देखि मात्र भएको हो।  २०१९ मा भने विशिष्टीकृत लगानी कोष नियमावली लागू भएको थियो। विशेषकृत लगानी कोष नियमन लागू नभएसम्म नेपालमा प्राइभेट इक्युटि कोषलाई नियन्त्रित गर्ने कुनै कानुन थिएन। यस नियमावली लागू हुनु भन्दा अगाडी नेपालमा प्राइभेट इक्युटि कोषको स्थापना एक लगानी कम्पनीको रूपमा मात्र गर्न मिल्ने व्यवस्था थियो।

प्राइभेट इक्युटि फन्डका आकार आउँदो वर्षमा ३० अरब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। नेपाल जस्तो विकासोन्मुख अर्थतन्त्रमा प्राइभेट इक्युटि फन्डले आर्थिक अवस्थामा पहुँच पुर्‍याउने भूमिका खेलेको छ भने नयाँ अवसरहरूको सिर्जना गर्नुका साथै उत्पादन र अन्वेषण गर्न मद्दत पुर्‍याएको छ।

प्रकाशित: २९ भाद्र २०८० १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App