२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बहुलाह कुकुर र स्यालको आतंक

मुगु- जिल्लाका विभिन्न क्षेत्रमा बहुलाहा कुकुर र स्यालको टोकाई बढे पछि स्थानीय त्रसित बनेका छन्।

एक हप्ता यता स्याल र कुकुरको टोकाईबाट सात जना भन्दा बढी विरामी परेका छन। चार दिन अघि मात्र छायाँनाथ रारा नगरपालिका वडा नम्बर ३ स्थित ईमा गाउँमा दिउँसो घर अगाडीको बारीमा आमासंग गएका धनबहादुर खड्काका ६ वर्षीय छोरालाई बहुलाहा स्यालले टोकेर घाइते बनाएको थियो। स्यालले टोके लगत्तै घाईते बालकलाई जिल्ला अस्पताल पुर्‍याईए पनि अस्पतालमा रेविज विरुद्धको सुई अभाव भएपछि उनलाई नेपालगञ्ज लग्नुपरेको बालकका बाजे मोतिसिंह खड्काले गुनासो गरे।

शनिवार नगरपालिकाको भामवाडा, चैन गाउँ तथा आईतवार कार्कीवाडा गाउँमा  बहुलाहा कुकुरले तीन जनालाई टोकेको छ।

प्रकाशित: १ आश्विन २०७४ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App