१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता

कपिलवस्तुमा धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतिक दल धार्मिक संघ संस्था लगायतका सरकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको समन्वयात्मक बैठकमा सो प्रतिबद्धता जनाइएको हो ।

जिल्लामा कुनै पनि धार्मिक घटना हुन नदिनका लागि सहकार्य सहितको सामूहिक प्रतिबद्धता जनाइएको हो । पछिल्लो समय देशका बिभिन्न स्थान धर्म, भाषा, सम्प्रदाय,क्षेत्रीयता र समहुको नाममा उच्छृङ्खल र साम्प्रदायिक गतिविधि बढ्दै गएकाले यस्ता गतिविधि जिल्लामा समेत हुन सक्ने भन्दै यस्ता गैर कानुनी कृयाकपाललाई रोक्न पूर्ण प्रतिबद्ध रहने जनाइएको छ । आ आफ्नो आस्था अनुसार परापुर्वकाल देखि चल्दै आएको धर्म संविधानले प्रदत्त गरेको अधिकार बमोजिम मान्ने र धार्मिक सदभाव बिथोल्ने कुनै गतिविधि नगर्ने र आपसी एकता र सदभाव कायम गरिनेछ ।

कुनै पनि नाममा सामाजिक सदभाव खलबलिने कुरामा सचेत रहने र त्यस्ता कार्य निरुत्साहित गर्न यस्ता गतिविधि बारे सुरक्षा निकायलाई जानकारी गराइनेछ । सद्भावमा आँच आउने गतिविधि प्रकाशन र प्रसारण गर्ने तथा गरिएमा नियन्त्रणका लागि तत्कालै प्रहरीमा खबर गरिनेछ । शान्ति सुरक्षा र आपसी सदभावका लागि एक आपसमा समझदारी कायम गरी अघि बढने । धार्मिक कार्यक्रम गर्दा विशेष सजगता अपनाउने, सदभाव र्‍याली गर्दा अर्को पक्षलाई सम्मान गर्ने तथा दुई पक्षले कार्यक्रम गर्दा फरक समय र फरक स्थानमा गरिनेछ । नजिकिँदै गरेको चाडबाडको समयमा विशेष सजग रहने तथा अन्य पक्षलाई आघात  हुने कुनै काम नगर्ने प्रतिबद्धता जनाइएको छ ।

सोही कार्यक्रममा छाडा चौपायाले गर्दा जिल्ला मै ठुलो समस्या निम्तिएको भन्दै त्यसको चाँडो व्यवस्थापन गर्ने समेत प्रतिबद्धता जनाइएको छ । प्रजिअ शंकरहरि आचार्यको अध्यक्षता र बाबुराम पोख्रेलको संचालनमा भएको बैठकमा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य, पूर्व प्रतिनिधि सभा सदस्य अतहर कमाल, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, शिवराज नगरपालिकाका मेयर अजय थापा, शुद्धोदन गाउँपालिकाका प्रमुख कमलेशशरण चौधरी, प्रहरी उपरिक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी कांग्रेस नेता रामआषिष पाण्डेय, माओवादी केन्द्रका नेता कमल चुदाली राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, नेकपा एसका गीता अन्जान लगायतको सहभागीता थियो।

प्रकाशित: २७ भाद्र २०८० १६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App