२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

४० किलो गाँजा बरामद

लागुऔषध गाँजा ४० केजी प्रहरीले मंगलबार राति विराटनगरको सीमा क्षेत्रबाट बरामद गरेको छ। 

विराटनगर–१४ स्थित आइसिपी खडक खण्ड हुँदै भारततर्फ लैजान लागेको ४० केजी गाँजा मंगलबार राति १० बजेतिर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । भारत लैजान लागेको गाँजा तस्करले प्रहरीलाई देखेपछि गाँजासहित मोटरसाइकल छाडेर भागेको मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए।

को १७ प ८६३ नम्बरको मोटरसाइकलमा भारत लैजान लागेको गाँजा इलाका प्रहरी कार्यालय रानीको टोलीलाई देखेपछि चालक फरार भएका थिए। मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी तीव्र पारिएको डिएसपी दाहालले बताए।

प्रकाशित: २७ भाद्र २०८० १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App