१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङको उर्लाबारीमा यात्रुबहाक बसेको ठक्करबाट एक जना पैदल यात्रीको आज मृत्यु भएको छ। 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–६ मा प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५÷७० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । मृतकको पहिचान खुलिछ नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए। 

बसको ठक्करबाट घाइते भएका उनलाई उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पु¥पाउनसाथ चिकित्सकले मृत घोषित गरेको थियो । बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बेहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको र शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २७ भाद्र २०८० १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App