६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेको राजीनामा

भक्तपुुर- नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले पदबाट राजीनामा दिएका छन् । सामाजिक संस्था दर्ता ऐन २०३४ अनुसार गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित कलेज निजीकरण गरेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि उनले बिहीबार राजीनामा दिएका हुन् ।

महनगरीय प्रहरी वृत्त भक्तपुरमा प्रहरीको रोहबरमा उनले कलेज सञ्चालक बोर्डको नाममा राजीनामा दिएका छन् । साथै उनले नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेड खारेज गर्न कम्पनी रजिस्टारको कार्यालयलाई निवेदन लेखेका छन् ।

कार्यकारी अध्यक्ष लम्बोदरले गैरनाफामूलक संस्थालाई नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेड दर्ता गरेर निजीकरण गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र जफत गरी अनुसन्धान सुरु गरिसकेको छ ।

सामाजिक संस्था दर्ता ऐनअनुसार गैरनाफामूलक संस्थाका रूपमा दर्ता भई कलेज सञ्चालनमा थियो । तर कार्यकारी अध्यक्ष लम्बोदरले नाफा कमाउन भन्दै निजीकरण गरेका थिए ।

यसअघि बिहीबार रफत सञ्चार क्लबमा भएको आयोजित कार्यक्रममा पुगेर विद्यार्थीले लम्बोदरलाई एक घन्टा घेराउ गरेका थिए । त्यस क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही विद्यार्थी र प्रहरी घाइते भएका छन् । प्रहरीले दुई विद्यार्थीलाई पक्राउसमेत गरेको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र, नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष हरि पाण्डे, कार्यकारी अध्यक्ष लम्बोदर, कानन व्यवसायीलगायतले बोलेका थिए ।

प्रकाशित: १६ भाद्र २०७४ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App