२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्मचारी युनियनको स्थापना दिवसमा बालबालिकालाई पोशाक वितरण

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा तौलिहवा स्थित बालगृहका बालकहरूलाई पोशाक वितरण गरिएको छ।  

लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेय तथा युनियनको कार्य सतितिका पदाधिकारीहरूले बाल गृहका २९ जना बालकहरूलाई पोशाक वितरण गरेका हुन्।  

बालबालिकालाई भेस्ट र हाफ पाईन्ड बाँडिएको हो। सो अवसरमा प्रदेश सदस्य पाण्डेयले सरकारको अभिन्न अङ्गका रुपमा रहेको कर्मचारीहरूले स्थापना दिवसका अवसरमा रचनात्मक काम गरेको बताए। उनले कर्मचारीहरूले राम्रो काम गरेका सरकार पनि सफल हुने भन्दै कर्मचारीहरूले सेवा भावनाले जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे।

युनियनका प्रदेश उपाध्यक्ष माहोम्द उजुर आलमले निजामति कर्मचारी ऐन र निमावली ल्याउन अब ढिला गर्न नहुेने बताए। युनियनका जिल्ला अध्यक्ष झक बहादुर आलेको अध्यक्षता, नबिन खनालको सञ्चालनमा भएको कार्यक्रममा शिव प्रसाद यादव र बालृहका दिनेश राज बेलखले मन्तव्य दिएका थिए।  

कार्यक्रमा पत्रकार महासङ्घका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागार्इँ, स्वास्थ्यकर्मी युनियनका जिल्ला अध्यक्ष डोल बिक्रम बेल्बासे लगायतको सहभागीता थियो।  

प्रकाशित: १९ भाद्र २०८० ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App