१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा परेर मृत्यु भएकाको सनाखत

जुम्ला कनकासुन्दरी–४ छाकुनेरामा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।

आइतबार बिहान जुम्लादेखि मुगु जाँदै गरेको जिप दुर्घटनामा परेको थियो।

जिपका मालिक घटनास्थलमा पुगेपछि मृतकको सनाखत गरिएको प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए। उनका अनुसार जिप दुर्घटनामा मुगु रारा छायानाथ नगरपालिका–५ का अन्दाजी २८ वर्षीय अविराज कार्की र सोही वडाका २२ वर्षीय जीतेन्द्र रावलको मृत्यु भएको छ। कार्की चालक र रावल सहचालक हुन्।

मृतकको शव पोस्टमार्टमका लागि मुगु जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक चन्दले बताए। भे १ ज १०९९ नम्बरको जिप सडकदेखि ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०८० ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App