१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बालिकाको मृत्युपछि अशान्त गुल्मी अस्पताल

टायर बालेर आन्दोलन गर्दा दुई घाइते

गुल्मी अस्पताल र पीडित पक्षबीच समझदारी नबन्दा गुल्मी अस्पतालमा मंगलबार दिनभर तनावको स्थिति सृजना भयो।

सामान्य पेट दुखेर अस्पताल गएकी बालिकाको मृत्यु भएपछि आफन्तजनले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शव उठाउन नमानेपछि घटना जटिल बनेको छ। दिनभर आफन्तहरुले प्रदर्शन गरेपछि अस्पताल अशान्त बन्न पुग्यो।

अस्पताल प्रशासन र मृतकका आफन्तजन बिच भएको छलफल सकारात्मक नभएपछि जिल्ला प्रशासन कार्यालयमा वार्ता बसेर छानबिन समिति बनाउने निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको लापरबाहीका कारणले मृत्यु भएको भन्दै बालिकाका आफन्त सहितले बिहानैदेखि आन्दोलन गरिरहेका छन्। समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा छलफल भइरहेको छ।

टायर बालेर प्रदर्शन गर्दा दुई घाइते

छानबिनको माग गर्दै आन्दोलन गर्ने क्रममा २ जना युवा घाइते भएका छन्।

प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै टायर बाल्ने क्रममा आगो शरीरमा सल्किएपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिका ६ का लक्ष्मण पाण्डे र वडा नम्बर ७ का कृष्ण पौडेल जलेर घाइते भएका हुन्।

पेट्रोल खनाएर टायर बाल्ने क्रममा ती युवाहरुको शरीरमा पेट्रोल परेको थियो। उनीहरूलाई थप उपचारको पाल्पा पठाइएको छ।

के भएको थियो घटना ?

सोमबार दिउँसो सामान्य पेट दुखेर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेका राजेश मरासिनीले आफ्नी ७ वर्षीय छोरी प्रशंसालाई लिएर गुल्मी अस्पताल पुगे। उपचारको क्रममा अस्पतालमै बच्चाले बान्ता गरेपछि उनलाई भर्ना गरिएको थियो।

अर्घाखाँची–७, भगवतीका मेघराज पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो। आज (मंगलबार) बिहान ६ बजेको समयमा बच्चा निदाएका बेला उठाएर सुई मार्फत औषधी दिइएको थियो। त्यसपछि उनी बेहोस भइन्। सुई लगाएपछि बेहोस भएकी प्रशंसा फेरी ब्युँझिन सकिनन्।

बालिका बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे पनि तर नर्सहरूले समयमै डाक्टर नबोलाउँदा घटना घटेको आफन्तजनको आरोप छ। सामान्य पेट दुखेको बच्चा अस्पताल लगेपछि स्वास्थ्य अवस्था सुधारात्मक रहेका बेला लाहापरबाहीले गर्दा सुई लगाएको केही समयमै बच्चाको ज्यान गएको उनिहरुले आरोप लगाएका छन्।

प्रकाशित: १२ भाद्र २०८० १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App