७ वैशाख २०८१ शुक्रबार
समाज

नवलपरासीमा बाढीको असर: गण्डक पावर हाउसको विद्युत उत्पादन केन्द्र बन्द

नवलपरासी—बाढीका कारण नवलपरासीको गुठी सुर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको छ। नहरको पानी बन्द गरिएपछि विद्युत उत्पादन बन्द गरिएको हो।

बाढीले गण्डक नहरको बाँध फुटने र पवार हाउसमा बाढी पस्ने सम्भावना देखिएपछि ब्यारेज स्थित नहरको ढोका बन्द गरिएको छ ।

नहरको ढोका खोल्दा नहरमा पानीको बहाव उच्च हुने हुँदा विभिन्न स–साना पूलहरु भत्केर पावर हाउस सहित विभिन्न गाउँमा बाढी बस्ने सम्भावना देखिएपछि ढोका बन्द गरिएको हो।

नहरमा मिसाइएको विभिन्न स–सानानहर, कुलाहरुको पानी निकास गराउने , कमजोर पूलहरुलाई भत्किनबाट जोगाउनका लागि नहरको पानी बन्द गरिएको हो। नारायणी नदीमा पानीको वहाव  र स्थानीयनहरु तथा खोलामा पानी घटेपछि मात्र ढोका खोलिने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

सुस्ताका सबै घर डुवानमा

नवलपरासीको सुस्ताका सबै २ सय ६५ घर डुबानमा परेको छ। नारायणी नदीमा आएको बाढी पसेर ती घर डुबेको हो।

सबै घरमा २ देखि ६ फिट सम्मपानी भरिएपछि उनीहरुलाई त्यहाँको एकमात्र दलित प्राथमिक विद्यालय र अन्य २ वटा आश्रय स्थलमा अस्थायी बसोवास गराइएको छ। 

सुस्तामा कटान र डुबानको क्षेत्रमा काम गरिरहेको सहमती संस्था र नेपाल भारत सीमा उत्थानसिल परियोजनाले खाने र बस्ने ब्यबस्था मिलाएको छ।

 नवलपरासीको मध्यबिन्दु नगरपालिका— २ नारायणी नदी किनारमा रहेका ११ वटा घर र १३ वटा चौपाय बगाएको छ।

आइतवार राति नारायणी नदीमा आएको बाढिले  शेहरी गाँउमा रहेको माझीर मुसहर टोलकाती घर बाढिले बगाएको हो। सबै घर परालका छानाका थिए।

त्यँहाका ११ घरपरिवारका १३ वटा गाई , गोरु , भैसी , खसी , बोका पनि बगाएको त्यँहाका वडा अध्यक्ष नारायण पौडेलले जानकारी दिए। घर बगाएको परिवारलाई त्यहाँको जनता शिद्ध अमर माविमा राखिएको छ।

 

प्रकाशित: ३० श्रावण २०७४ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App