८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

राँगो चोरेको आरोपमा पक्राउ

उदयपुर- स्थानीयको राँगा गोठबाट चोलेको आरोपमा चौदण्डीगढी नगरपालिका ९ बसाहामा एक जना पक्राउ परेका छन्। छिमेकी बेलका नगरपालिका १ का रीता तामाङको राँगो चोरेको अभियोगमा बसाहाका ३८ वर्षीय मणिराज तामाङ पक्राउ परेका हुन्।

                उनीमाथि तामाङको गोठबाटै ७० हजार बराबरको बयस्क राँगो गत शुक्रबार चोरेर लगेको आरोपसहित इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी परेको छ। प्रहरीले पीडितको उजुरीका आधारमा शनिबार साँझ पक्राउ गरी कारबाही अघि बढाइएको इप्रका रामपुरका इन्सपेक्टर सुबास राईले बताए।

                पक्राउपछि बयान लिने क्रममा तामाङले उक्त राँगो चौनपा १ माडिबासस्थित सुरज प्रधानलाई बेचेको बताए पनि सो नाम गरेको कुनै व्यक्ति उक्त ठाउँमा नभएको अनुसन्धानको क्रममा फेला परेको प्रहरीले जनाएको छ। आरोपित तामाङलाई जिल्ला अदालतबाट म्याद थपेर थप कारबाही गर्ने गरी जिल्ला प्रहरी कार्यालय गाईघाट पठाइएको इन्सपेक्टर राईले बताएका छन्। 

प्रकाशित: १५ श्रावण २०७४ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App