१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गराएको छ। विधिवत् रूपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले बताए।

नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णु पादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधि अनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गरेका हुन्।

नवनियुक्त भट्ट अडिगाले भण्डारेश्वर-ताम्रेश्वर-खञ्जनेश्वर-कृष्णेश्वर-शंकराचार्य मठ-झम्केश्वर- पशुपतिस्थित चाँगुनारायण-आगमघर-रुद्रगारेश्वर-वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थित बूढानीलकण्ठ-आर्यघाट-भद्रेश्वर-चतुःषष्टि लिंगबाट मूलभट्ट निवास-कुमारीस्थान-कीर्तिमुख भैरव-उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गरेका हुन्। उनलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराएका थिए।

नियुक्तिपछि भट्ट अडिगा ५ दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान हाल श्रीकृष्ण मन्दिरसँगै गुप्तवास बसेबम थिए। मूल भट्ट संयोजकत्वको विद्वत् परिषद्को सिफारिसमा भट्ट अडिगालाई पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेको थियो।

दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रूपमा नियुक्त भएको कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।

यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए।

राजीनामा दिएको चार महिनामा प्रशासनिक लगायत प्रक्रिया पूरा गरी उनलाई दक्षिण मुहारको पुजारीका रूपमा नियुक्त गरिएको हो।

प्रकाशित: २४ श्रावण २०८० ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App