२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

‘असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न लागेको बताएका छन्। एकीकृत सरकारी कर्मचारी संगठनद्वारा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालन गर्ने गृहकार्य भइरहेको जानकारी दिए।  

उक्त सेवाका लागि छुट्टै सडक ल्याण्ड निर्माण थालिएको बताउँदै उहाँले सडक जाम हुने समयमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे।

सेवालाई क्रमिक रूपमा काठमाडौं उपत्यकामा विस्तार गरिने उहाँको भनाइ थियो। मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन मन्त्रिपरिषद्मा छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गरे।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईले निजामती आन्दोलनका शहीदहरू मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र बिकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालमा बिरामीलाई फलफूल वितरण गरे। काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका शहीदहरूको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो। नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी संगठनले सो कार्यक्रम आयोजना गरेको हो। सो अवसरमा राज्यमन्त्री चपाईले मुलुकमा परिवर्तनका लागि विभिन्न कालखण्डमा जीवनको योगदान गर्नुहुने शहीदहरूको योगदानको कदर गर्नुपर्नेमा जोड दिए।  

सो अवसरमा राज्यमन्त्री चपाईले सिभिल अस्पतालमा उपचार गराइरहेका १५० जना बिरामीलाई फलफूल वितरण गरे। सो कार्यक्रममा अस्पस्तालका निर्देशक विधाननिधि पौडेलको समेत उपस्थिति थियो।

प्रकाशित: १६ श्रावण २०८० ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App