१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ठाउँ छाडौं सीमा मिचिने, नछाडौं पीडैपीडा

अमरबहादुर रानामगर माडी नगरपालिका १ स्थित वाल्मीकि आश्रमसँग जोडिएको सुकुम्बासी बस्तीमा २०३६ सालभन्दा अघिदेखि नै बस्दै आएका छन्। तनहुँबाट बुवासँग झरेका रानामगरले आफ्नो सक्रिय जीवन यही बस्तीमा बिताए। आजभोलि उनलाई आफू हुर्केको ठाउँ छोड्न मन लागिरहेको छ। यस्तो हुनुको कारण हो कष्टकर दैनिकी।

‘खेतीपाती गर्न पाइँदैन। आम्दानी छैन। खानेपानी, बिजुली छैन। बर्खामा बाहिर जान बाढीले सकिँदैन,’ पुजाका सामग्री बेच्न बसेका रानामगरले भने, ‘जंगलमा बस्नभन्दा अन्यत्र सारे जान हुन्थ्यो।’ उनीहरूले आश्रम आउनेलाई ध्वजा, अबिर, प्रसाद बेचेर गुजारा चलाइरहेका छन्। कति भारतमा मजदुरी गर्न जान्छन्। उनी पनि भारतको गुजरात र दिल्लीमा लामो समय बसेर फर्किएका हुन्। उनका दुई छोराहरू पनि कमाउन भारत गएका छन्।

उनी मात्र होइन, अर्को विकल्प भए त्यहाँबाट हट्ने पक्षमा सिंगो बस्ती नै छ। ‘यहाँ शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, सडक लगायत केही सुविधा छैन। यहाँ खान पनि समस्या छ,’ राजन रानामगरले भने, ‘जंगलमा बस्नुभन्दा सरकारले स्थानान्तरण गरिदिए जान तयार छौं।’

अमरबहादुर रानामगर माडी नगरपालिका १ स्थित वाल्मीकि आश्रमसँग जोडिएको सुकुम्बासी बस्तीमा २०३६ सालभन्दा अघिदेखि नै बस्दै आएका छन्। तनहुँबाट बुवासँग झरेका रानामगरले आफ्नो सक्रिय जीवन यही बस्तीमा बिताए। आजभोलि उनलाई आफू हुर्केको ठाउँ छोड्न मन लागिरहेको छ। यस्तो हुनुको कारण हो कष्टकर दैनिकी।

विकासका पूर्वाधार नहुँदा यहाँबाट मानिसहरू विस्तारै हट्दै गएका छन्। वाल्मीकि आश्रम वरपर २०३६ सालसम्म ७५ घर रहेको बताइन्छ। अहिले ११ घरधुरी मात्रै छन्। अधिकांश मानिस त्रिवेणी र भारततिरै विस्थापित भएको रणबहादुर राना बताउँछन्। ‘यहाँ शौचालय बनाउन पनि निकुञ्जले दिँदैन। बाहिर नै जान्छौं। अस्ति सानो छाप्रो हालेका थियौं सेना आएर भत्कायो,’ उनले भत्किएको ठाउँ देखाउँदै भने, ‘अन्यन्त्र जाने ठाउँ भए जाने थिएँ।’

नेताहरूले उनीहरूलाई जग्गा धनी पुर्जा दिने आश्वासनसमेत दिएका थिए। तर, अहिलेसम्म पाएका छैनन्। ‘२०७० सालको निर्वाचनमा हालका सांसद विक्रम पाण्डेले यहाँ आएर घर बनाइदिने भन्नुभएको थियो। तर प्रशासनले दिएन,’ उनले भने। वर्षामा बाढीको डर, जंगली जनावरको आतंक तथा भारतको बाटो भएर यात्रा गर्नुपर्ने बाध्यतामा आफूहरू रहेको उनी बताउँछन्। ‘बिजुली बत्ती आएको छैन, फोन लाग्दैन, सडक छैन, बाँकी संसारसँग हाम्रो सम्बन्ध विच्छेद जस्तै छ, निकुञ्जले रोकेको भन्छन्,’ उनले भने।

आश्रम आउनेलाई ध्वजा, अबिर, प्रसाद बेचेर गुजारा चलाइरहेका करिब ११ घर सुकुमबासी परिवारसँग वर्षामा बाढीको डर, जंगली जनावरको आतंक तथा भारतको बाटो हुँदै वाल्मीकिको यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए। त्यहाँ दैनिक सयको हाराहारीमा भक्तजन आउने गर्दछन्।

६५ वर्षअघि राजा महेन्द्रको ध्यान वाल्मीकि आश्रममा पुगेको थियो। २०२२ सालमा महेन्द्रले जुद्ध गिरी गोसाइँलाई पुजारी नियुक्त गरेका थिए। त्यसपछि त्यहाँ मानिसको बसोबास बसेको थियो। निकुञ्जभित्र १२ बिघा धार्मिक वन रहेको त्यस क्षेत्रमा मानिसहरू आएर बसोबास गर्न थालेका हुन्। सीमासुरक्षाको समेत महत्वपूर्ण भूमिका खेलेका उनीहरू अहिले त्यहाँबाट हट्ने पक्षमा छन्। तर, सरकारले न त त्यसतर्फ ध्यान दिएको छ न त शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत् नै उपलब्ध गराउन सकेको छ।

नेताहरूले उनीहरूलाई जग्गा धनी पुर्जा दिने आश्वासनसमेत दिएका थिए। तर, अहिलेसम्म पाएका छैनन्। ‘२०७० सालको निर्वाचनमा हालका सांसद विक्रम पाण्डेले यहाँ आएर घर बनाइदिने भन्नुभएको थियो।

वाल्मीकि आश्रमका पुजारीकी श्रीमती रामेश्वरी गिरी गोसाइँ पनि आफूहरू स्थानान्तरण भए जाने पक्षमा रहेको बताउँछिन्। ‘यहाँ केही सुविधा छैन,’ उनले भनिन्, ‘सन्तानको भविष्यका लागि भए पनि जानुपर्छ।’ उनले यहाँ बसेर दैनिकी समेत चलाउन कठिन हुँदै गएको बताइन्। झोलुंगे पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्दा पनि सञ्चालनमा नआउँदा सास्ती भोग्दै आएका छन्। निकुञ्जले अतिक्रमित क्षेत्र भन्दै बाटो खोल्न दिएको छैन।

यहाँ जनसंख्या ६० रहेको छ। त्यसमध्ये २० जना पढ्ने उमेरका रहेका छन्। पढ्नका लागि भारत र त्रिवेणी पुग्नुपर्दछ। त्रिवेणी पुग्न यहाँबाट साढे दुई घण्टा लाग्छ। जंगलको बिचमा हिँड्नुपर्छ। त्यसपछि ढुंगाबाट नारायणी तर्नुपर्छ। त्रिवेणी जान साइकलमा भारतको भैसोलेटन जान सकिन्छ। तर, बर्खामा बाढी आउँदा जान मुस्किल पर्छ। कठिन यात्राका कारण अधिकांशले नपढ्ने गरेको रोशन रानामगर बताउँछन्। ‘मैले भारतमा बसेर ६ कक्षासम्म पढेँ। अरू दाइहरूले पनि बढीमा ८ कक्षासम्म पढ्नुभएको छ,’ उनले भने, ‘विवाह गरेर आउनेहरू १२ कक्षासमेत पढेको हुनुहुन्छ।’

वाल्मीकि चितवनको माडी नगरपालिका १ मा पर्ने यो ठाउँ नेपाल भारतको सिमाना हो। निकुञ्जका कारण त्यहाँ पुग्न नवलपरासीको बाटो प्रयोग गर्नुपर्छ।

त्रिवेणीमा डुंगा चढेर चितवनको सीमाक्षेत्रसम्म पुगिन्छ। त्यहाँबाट करिब ४५ मिनेट चितवन राष्ट्रिय निकुञ्जभित्र हिँडेपछि मात्रै वाल्मीकि आश्रममा पुगिन्छ। नारायणी, ताम्सा र सोनभद्र नदीको संगमस्थल हो त्रिवेणी। डुंगा चढेको एकजनाले १ सय २० रूपैयाँ तिर्नुपर्छ।

वाल्मीकि चितवनको माडी नगरपालिका १ मा पर्ने यो ठाउँ नेपाल भारतको सिमाना हो। निकुञ्जका कारण त्यहाँ पुग्न नवलपरासीको बाटो प्रयोग गर्नुपर्छ। 

बर्खाको समयमा पानीको सतह बढ्दा डुंगा पनि चल्दैन। नारायणघाटदेखि त्रिवेणीसम्म पुग्न करिब एक सय २० किलोमिटर दुरीमा पर्दछ। भारतबाट भने आश्रमसम्म पुग्न सडकमार्ग छ। जहाँ करिब पाँच किलोमिटर यात्रा गर्नुपर्छ। भारतीय गाडीहरू आश्रमनजिकै पुग्छन्।

स्थानीयका अनुसार त्यहाँ आश्रमदेखि १ किमि उत्तरतिर ब्रह्माचौर भन्ने ठूलो बस्ती थियो, जहाँ पूर्वसैनिक बस्थे। निकुञ्जले त्यो बस्ती उठायो। यहाँका सुकुम्बासी विगतमा आरक्षबाट कुचो, खर, तामा संकलन गरेर चामलसँग साटेर गुजारा गर्थे। माडी, गर्दीको पाण्डवनगरबाट जाँदा घना निकुञ्ज पर्ने हुनाले निकुञ्जको अनुमति लिनुपर्दछ।

भारतीय डाँकाहरूले लुटपाट गर्न थालेपछि निकुञ्जको पैदलयात्रा पनि हाल चल्तीमा रहेको छैन। गण्डक नहरको पुल तरेर जानुपर्ने हुनाले वडाभित्रकै अर्को भागमा पुग्न दिनभरि हिँडनुपर्ने बाध्यता रहेको बताउँछन् गोद्धक क्षेत्र विकास समिति अध्यक्ष रामजी सापकोटा। सीमा अतिक्रमण रोक्नका लागि बाढीपीडितलाई राजा महेन्द्रले त्यहाँ राखेका थिए।

स्थानीयका अनुसार त्यहाँ आश्रमदेखि १ किमि उत्तरतिर ब्रह्माचौर भन्ने ठूलो बस्ती थियो, जहाँ पूर्वसैनिक बस्थे। निकुञ्जले त्यो बस्ती उठायो। यहाँका सुकुम्बासी विगतमा आरक्षबाट कुचो, खर, तामा संकलन गरेर चामलसँग साटेर गुजारा गर्थे।

चितवनमा उनीहरूको बसोबास भए पनि प्रशासनिक काम नवलपरासीबाटै गर्ने गर्दछन्। नागरिकता बनाउनेदेखि मतदाता नामावली, जन्मदर्ता, मृत्यु दर्ता उनीहरूको विनय त्रिवेणी गाउँपालिकाबाट हुँदै आएको छ। माडी आउँदा टाढा भएपछि उनीहरूले त्रिवेणीमा सारेका हुन्।

धार्मिक दुष्टिकोणले वाल्मीकि महत्वपूर्ण क्षेत्र हो। यहाँ संसारमा बिरलै देखिने हनुमानले एउटा घुँडा टेकेको मूर्ति सीताको मन्दिरबाहिर प्रतिस्थापित छ। साथै सीताको पाताल प्रवेशस्थल, अमूल्य गौरीशंकर, हवनद्वार स्मारक, लवकुशको जन्मस्थल, सीताको सिलौटो, लवकुशले घोडा बाँधेको खम्बा, अठासी हजार ऋषिहरूले हवन गरेको कुण्ड, सीताले फल खाने स्थान, लवकुशले शिक्षा प्राप्त गरेको स्थल, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक धार्मिकस्थल अवशेषका रूपमा रहेका वाल्मीकि आश्रममा २०५५ सालमा बनेको सीतामाता मन्दिरका पूजारी शेखर सुवेदी बताउँछन्। यस आश्रमको उचित संरक्षण हुन नसक्दा धार्मिक पर्यटकका लागि लोकप्रिय क्षेत्र ओझेलमा पर्दै गएको उनले दुःखेसो गरे।

६५ वर्षअघि राजा महेन्द्रको ध्यान वाल्मीकि आश्रममा पुगेको थियो। २०२२ सालमा महेन्द्रले जुद्ध गिरी गोसाइँलाई पुजारी नियुक्त गरेका थिए। त्यसपछि त्यहाँ मानिसको बसोबास बसेको थियो।

नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न नसकेको माडी–१ का वडाध्यक्ष अमितकुमार लामा स्वीकार गर्छन्। मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्न चुनौती रहेको उनले बताए। वडास्तरीय योजनामा यस वर्ष खानेपानीको व्यवस्था तथा धारा र केही सार्वजनिक तथा निजी शौचालय निर्माण गर्ने काम भएको उनको भनाइ छ। उनले वाल्मीकि आश्रम, गोद्धक, सोमेश्वरगढी, वैकुण्ठ ताललगायत धार्मिक क्षेत्रलाई एकीकृत गरी विकास गर्न बजेट बढाउनुपर्ने बताए।

प्रकाशित: २७ असार २०८० ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App