२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चन्द्रमासअनुसार पशुपतिमा साउने सोमवारको व्रत शुरु (तस्विर सहित)

तस्विर प्रसन गुरुङ

चन्द्रमास अनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ। सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो।

चन्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास शुरु हुन्छ। सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ। 

साउनमा अधिकमास परे पनि नित्य पूज आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ।  चन्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ।

प्रकाशित: २५ असार २०८० ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App