२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गैंडाटारको बालीमा पल्क्यो जंगली हात्ती

फाइल।

रौतहटको चन्द्रपुर नगरपालिका-३ गैंडाटारको बालीमा जंगली हात्ती पल्किएको छ।

चारैतिरबाट जंगल र पहाड रहेको गैंडाटारमा केही दिनदेखि जंगलबाट हात्ती आएर बालीनालीमा नोक्सान पुर्‍याउन थालेको स्थानीयहरुको भनाइ छ।

जंगलको छेउ र बस्ती नजिक लगाइएका केरा, मकै लगायतका बाली खान जंगली हात्ती हरेक दिन जसो आउन थालेको स्थानीय बत्ताउँछन्। बेला-बेला जंगली हात्ती देखा पर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।

मुख्य गरी केराबारीमा हात्तीले बढी नोक्सान पुर्‍याइरहेको र मकैमा पनि पर्याप्त नोक्सान पुर्‍याएको स्थानीयहरुको गुनासो छ। बालीनालीमा नोक्सान पुर्‍याउन थाले पनि घर, पशु तथा मानिसलाई केही नगरेको तर हरेक दिन हात्ती आउन पल्केपछि स्थानीयमा त्रासको वातावरण सृजना भएको छ।

हात्तीको डरले वन नजिक तथा गाउँ वर-पर घर हुने स्थानीयवासी रातभर जाग्राम बस्ने वा आलोपालो सुत्ने गरेका छन्।

प्रकाशित: २४ असार २०८० १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App