५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एलओडीका अर्का सञ्चालक श्रेष्ठ पनि पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक  रुदिलबल्लव श्रेष्ठ पक्राउ परेका छन्।  

फरार रहेका श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो। उनीमाथी थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ। 

यसअघि बिहिबार अर्का सञ्चालक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरिएको थियो।  

प्रहरीले नाबालिगलाई क्लबभित्र प्रवेश गरेको आरोपमा एलओडीका सञ्चालकद्वयलाई पक्राउ गरेकाे हाे।  

ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरू सुवाल र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। काठमाडौं प्रहरीले सुवाललाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ। कम्पनी रजिस्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्धपत्रमा रुदिलबल्लभ र राजु सिंह मात्र सञ्चालक देखिन्छन्। त्यसैले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिइएको थियो।

एलओडी छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले त्यहाँका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो।

प्रकाशित: २२ असार २०८० ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App