१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

युट्युब हेरेर गैंडा तस्कर!

फाइल तस्वीर

विद्युतीय धरापमा पारेर गैंडा मारेको आरोपमा तीनजना पक्राउ परेका छन्। गत माघ ६ गते नवलपुरको मध्यविन्दु नगरपालिका-२ सीतापुरस्थित नारायणी नदी किनारमा करेन्ट लगाएर दुइटा गैंडा मारिएको थियो। उनीहरूलाई चितवन निकुञ्ज कार्यालय कसराले बुधबार सार्वजनिक गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई जेठ १२ गते पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका-१८ धरमपुर मन्दिर टोलका कृष्णबहादुर महतो, सिखाराम थारू र होमबहादुर विकलाई निकुञ्जले सार्वजनिक गरेको हो। सार्वजनिक गरेका मध्ये महत्तो गैंडा मार्ने र बेच्नमा संलग्न व्यक्ति हुन्। उनीसँगै अन्य दुईजना गैंडा मार्न संलग्न व्यक्ति रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।

निकुञ्ज प्रशासनको आधिकारिक तथ्यांकअनुसार तीन वर्षमा ८ वटा गैंडा तस्करले मारेका छन्, तर मरेकाको मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ।

सिखाराम र होमबहादुर खागको कारोबारमा संलग्न व्यक्ति हुन्। होमबहादुरको घरमा खागको कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा सिआइबीले उनीहरूलाई पक्राउ गरेको पुनले बताए। सिआइबीले उनीहरूलाई सुरुमा नवलपरासीको डिभिजन वन कार्यालयलाई बुझाएको थियो।

वन कार्यालयको अनुसन्धानमा उनीहरूले कारोबार गर्न लागेको खाग चितवन निकुञ्ज आडमा मारेको गैंडाकै रहेको पुष्टि भएको प्रमुख संरक्षण अधिकृत पुनले बताए।

नवलपरासी जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनबमोजिम उक्त मुद्दा जेठ ३० मा चितवन निकुञ्जमा सरी आएको छ।

गत माघ ६ गते बिहान नवलपुर मध्यविन्दु नगरपालिका-२ सीतापुर क्रान्तिघाटदेखि तीन सय मिटर दक्षिण नारायणी नदीको भँगालोमा करेन्ट लागेर दुईवटा गैंडा मरेका थिए। एउटा लगभग १४ वर्षको पोथी गैंडाको खाग पनि काटेर लगेका थिए। आडैमा खाग नउम्रेको भाले बच्चा गैंडा पनि करेन्ट लागेर मरेको थियो। करेन्ट लगाउने काममा कृष्णबहादुर महतो यसअघि गैंडा चोरी सिकारमा संलग्न पुष्टि नभइसकेको उनले बताए।

महतोले सिद्देश्वर मन्दिरबाट बिजुलीको तार र घर बनाउँदा प्रयोग हुने ब्यान्डिङ तार प्रयोग गरी विद्युतीय धराप थापेका थिए। ‘घरमा ज्यामीको काम गर्दा त्यस क्षेत्रमा गैंडा आइरहेको देखें। उसले पहिले विद्युत् पोलतिरबाटै हुक गरेर तारमा छाडेको देखिन्छ’, उनले भने, ‘त्यसले काम नगरेपछि मन्दिरबाट तार तानेर धराप थापेको रहेछ।’

कृष्णबहादुरले युट्युब हेरेर खाग मार्ने योजना बनाएको बयानमा बताएका छन्। ‘युट्युब, टिकटकमा खागबाट धेरै पैसा कमाइन्छ भन्ने थाहा भएछ। आफन्तकहाँ आउँदा गैंडा गाउँ र निकुञ्ज ओहोरदोहोर गरेको देखेर मार्ने योजना बनाएछ’, उनले भने।

वन कार्यालयको अनुसन्धानमा उनीहरूले कारोबार गर्न लागेको खाग चितवन निकुञ्ज आडमा मारेको गैंडाकै रहेको पुष्टि भएको प्रमुख संरक्षण अधिकृत पुनले बताए।

उनीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ को उपदफा १ को देहाय खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेको भन्दै बुधबार जिल्ला अदालत नवलपरासी (बर्दघाट, सुस्तापूर्व) कावासोतीमा अभियोगपत्र पेस गरिएको हो।

अदालतबाट यो कसुर प्रमाणित भए ५ देखि १० लाख रूपैयाँसम्म जरिवाना र १० देखि १५ वर्ष कैद हुन्छ। निकुञ्जले २०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैंडा शून्य चोरी-सिकार वर्ष मनाएको थियो।

चितवन निकुञ्ज क्षेत्रमा बाली जोगाउन, गाउँसँगको सीमा क्षेत्रमा जोडिएको करेन्ट लागेर गैंडा मरे पनि मारेर खाग बिक्री गर्ने नियतले विद्युतीय धराप थापिएको यो पहिलो घटना हो। चोरी-सिकार नभएको पाँच ४२ दिन पुगेको थियो। पाँच ४३ दिनको दिन नवलपरासीमा करेन्ट लागेर मारेका हुन्।

कृष्णबहादुरले युट्युब हेरेर खाग मार्ने योजना बनाएको बयानमा बताएका छन्। ‘युट्युब, टिकटकमा खागबाट धेरै पैसा कमाइन्छ भन्ने थाहा भएछ।

निकुञ्ज प्रशासनको आधिकारिक तथ्यांकअनुसार तीन वर्षमा ८ वटा गैंडा तस्करले मारेका छन्, तर मरेकाको मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ। आर्थिक वर्ष २०७७/७८ मा चार, गत आव र चालु आवमा दुइटा गैंडा सिकारीको निसानामा परेका छन्। गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरूले विभिन्न प्रलोभन देखाएर गैंडा मार्न सिकारीलाई प्रयोग गर्दै आएका छन्।

विद्युतीय धरापमा पारेर मारेको घटनामध्ये २०६३ सालपछि मध्यविन्दु नगरपालिका-२ स्थित नारायणी नदी किनारको पहिलो घटना थियो।

२०६३ मा निकुञ्जको मुख्य कार्यालय कसरानजिकै जगतपुरमा तस्करले गैंडालाई विद्युतीय धरापमा पारेर मारेका निकुञ्जको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष माडी क्षेत्रमै दुइटा गैंडा मारिएका थिए। यो पनि बस्ती क्षेत्रमै पर्दछ। त्यहाँ भालाको प्रयोग गरेर सिकारीले गैंडा मारेको निकुञ्जले जनाएको छ।

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रका बस्तीमा गैंडा आइरहन्छन्। उनीहरू विद्युतीय धरापमा परिरहेका छन्। गत असोज २२ मा कुमरोज सामुदायिक मध्यवर्ती वननजिक बस्तीमा एक गैंडा विद्युतीय धरापमा पारी मारिएको थियो।

विद्युतीय धरापमा पारेर मारेको घटनामध्ये २०६३ सालपछि मध्यविन्दु नगरपालिका-२ स्थित नारायणी नदी किनारको पहिलो घटना थियो।

भरतपुर महानगरपालिका-२७ स्थित नारायणी किनारमा अघिल्लो मंसिर २७ मा पनि विद्युतीय धरापमा पारी गैंडा मारिएको थियो, तर यी गैंडालाई तस्करबाट परिचालित सिकारीले नभई स्थानीयले प्रयोग गरेको विद्युत्मा आएर मरेको भनिएको छ।

यी सबै गैंडाको खाग सकुशल थियो। आठ वर्षको अवधिमा १० वटा गैंडा विद्युत्को धरापमा परेर मरेका छन्। २०५५ सालयता निकुञ्जले पाँच वर्ष शून्य चोरीसिकार वर्ष मनाएको थियो।

आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सिकारीले गैंडा मारेका थिएनन्। २४ वर्षको अवधिमा एक सय ८१ वटा गैंडा सिकारीले मारेका छन्। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्ष फरार प्रतिवादीहरूको संख्या ठूलो रहेकाले उनीहरू सक्रिय रहेको अनुमान गर्छन्।

निकुञ्जको तथ्यांकअनुसार एस सय पाँच जना प्रतिवादी अझै फरार छन्। सजाय कैद भुक्तान गरेर निस्केका रामकुमार प्रजा, बमबहादुर प्रजा, नरबहादुर कुमाल जेलबाट निस्केर गैंडा तस्करमा नै लागेका थिए।

निकुञ्ज प्रशासनको आधिकारिक तथ्यांक अनुसार तीन वर्षमा ८ वटा गैंडा तस्करले मारेका छन्, तर मरेकाको मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ। आर्थिक वर्ष २०७७/७८ मा चार, गत आव र चालु आवमा दुइटा गैंडा सिकारीको निसानामा परेका छन् 

‘चोरी-सिकार मुद्दामा थुप्रै प्रतिवादी फरार छन्। कति जेलबाट छुटेर पनि फेरि चोरी-सिकारमा लागेका छन्’, निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने। निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेना, निकुञ्ज प्रशासनलाई छ।

२०७२ सालदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्ज आसपासमा २ सय ४ वटा गैंडा मरेका छन्। त्यसमध्ये सबैभन्दा धेरै बुढो भएर भीरबाट लडेर ६० वटा मरेका छन्। त्यस्तै दलदलमा भासिएर १९, आपसमा जुधेर ४९, बाघको आक्रमणबाट १६, सम्भावित चोरी-सिकारबाट ९, विद्युतीय करेन्टबाट १०, बिरामी भएर १०, खाडलमा परी ३, विष सेवनबाट ५ र कारण नखुलेका २८ वटा गैंडा मरेका छन्।

निकुञ्जको गैंडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१ को गणनामा देशभर सात ५२ गैंडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैंडा छन्। 

प्रकाशित: २१ असार २०८० ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App