२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी

जंगली च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का एकै परिवारका ४ जना बिरामी भएका छन्।  

मंगलबार राति जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता बिरामी भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

जंगली च्याउ खाएर बिरामी भएका उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको इप्रका पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

विजयले घर नजिककै रहेको बाँस झ्याङमा उम्रेको च्याउ ल्याई तरकारी पकाएर खाँदा एक परिवारका ४ जना गम्भीर अवस्थामा बिरामी परेका हुन्।

उनीहरुलाई उपचारका लागि विराटनगर राति नै ल्याइएको थियो। बाँस झ्याङमा उम्रिएको च्याउ ल्याएर तरकारीका रूपमा सबै जनाले खाँदा बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपीले भण्डारीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० असार २०८० ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App