नुवाकोट- नुवाकोटमा माछा मार्ने क्रममा करेन्ट लागेर उक जनाको मृत्यु भएको छ। शिवपुरी गाँउपालिका वडा नम्बर ७ सुनखानीमा रहेको लिखु खोलामा करेन्ट लागाएर माछा मार्ने क्रममा २२ वर्षका राजु नेपालीको मृत्यु भएको हो। शिवपुरी गाँउपालिकाको वडा नम्बर ८ थानापतीका नेपालीले नजिकै रहेको विद्युतीय खम्बाबाट विद्युत चोरी गरेर करेन्ट लगाई माछा मार्ने क्रममा विद्युत गढबढ भएर मृत्यु भएको प्रहरीको भनाई छ। आइतबार दिउँसो २ वजेतिर नेपाली सहित अन्य दुई जना माछा मार्नको लागि खोलामा गएका थिए।
प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नेपालीसँगै माछा मार्न गएका गोपाल सुनार र नवराज विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
प्रकाशित: ७ जेष्ठ २०७४ १४:२४ आइतबार