५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

हेंवाखोलामा फेरी थालियो डाइभर्सन बनाउन

अस्थायी डाइभर्सनका लागि हेंवाखोलामा लैजान तयार गरिएको पेनस्टोक पाइप। तस्बिर: अजेन्द्र तामाङको फेसबुकबाट

जलविद्युत परियोजनाले प्रयोग गर्ने पेनस्टोक पाइप समेतको व्यवस्थापन गरेर पाँचथरको हेंवाखोलामा फेरी अस्थायी डाइभर्सन बनाउन थालिएको छ।

ताप्लेजुङमा खाना पकाउने एलपी ग्याँसको सबैभन्दा बढी अभाव भएपछि तत्कालको अभाव टार्न यो प्रयत्न गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले बताए।

'हेंवाखोलाको पाँचथरतर्फको भागमा ग्याँस सिलिण्डर लोड गरिएका गाडी राखिएको छ,डाइभर्सनको काम सकिने बित्तिकै केहि मात्रामा ग्याँस सिलिण्डर सहितका सामाग्री ताप्लेजुङतर्फ पठाउँछौं’ उनले भने।

यसअघि बनाइएको हिमपाइप सहितको डाइभर्सनमा पेनस्टोक सहित व्यवस्थापन गरेर अस्थायी डाइभर्सनमार्फत फेरी यातायात सुरु गर्न लागिएको खतिवडाले बताए। आइतबारदेखि नै अस्थायी डाइभर्सनमार्फत यातायात सुरु गर्ने प्रयास भइरहेको उनले बताए।

पाँचथरको हेंवाखोमा रहेको मोटरेबल पुल बगाएपछि अहिले ग्याँसकै अभावमा कारण ताप्लेजुङ सदरमुकाम क्षेत्रका केहि होटलहरुले उपभोक्तालाई पकाएर दिने खानेकुरा दिन छाडेका छन्।

होटल व्यवसायी महासंघ ताप्लेजुका अध्यक्ष दिनेश खवास अहिले होटलहरुमा ग्याँसको चरम अभाव देखा परेको बताउँछन्। अब यो अभाव कायमै रहे प्राय अधिकांश होटल तथा घरहरुमा समेत समस्या देखा पर्ने उनको भनाइ छ। यसअघि हिमपाइप लगाएर बनाइएको डाइभर्सन हेंवाखोलामा बढेको पानीले बगाएपछि केहि समय सुरु भएको यातायात सेवा अवरुद्ध भएको थियो।

प्रकाशित: १७ असार २०८० ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App