२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

हिरासतबाट फरार भएका दुई पक्राउ

प्रहरीको हिरासत कक्षबाट फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–५ गाउँनंम्बर ७ का १९ वर्षीय अजय नेपाली र वडा नम्बर ५ गाउँनंम्बर ७ का २० वर्षीय राजा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। ज्यान मार्ने उद्योगमा दुवै जना असार ८ गते देखि अनुसन्धानकै क्रममा इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतमा थिए। 

दुवै जना शुक्रवार हिरासतबाट भागेका थिए। प्रहरीको हिरासतबाट भागेका दुवै जनालाई पक्राउ गर्न व्यापक रुपमा प्रहरी परिचालन भएका थिए। खोजतलासकै क्रममा अजयलाई मधुवननगरपालिका–५ गाउँनंम्बर १० स्थित बेलझुण्डी सामुदायिक वनबाट शुक्रवार प्रहरीले पक्राउ गरेको हो। 

त्यसैगरी राजालाई मधुवननगरपालिका–५ स्थित डाँडे सामुदायिक वनबाट शनिबार नियन्त्रणमा लिइएको छ। दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धानको लागि पुनःईलाका प्रहरी कार्यालय ढोढरीको हिरासतमा राखिएको डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

प्रकाशित: १६ असार २०८० ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App