१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङ पहिरोमा बेपत्ता तीन जना अझै भेटिएनन्

गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन्। उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन्।

सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शुक्रबार राति गएको पहिराले एकै घरका तीन जनासहित चार जनालाई बगाएको थियो। जसमध्ये भोलिपल्ट विहान एकजनाको शव भेटिएको थियो। बाँकी एकै घरका तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशराम कार्कीले बताए।

'अहिले मौसममा केही सुधार भएको छ, बेपत्ताको  खोजीका लागि थप जनशक्ति परिचालन गरेका छौँ', उनले भने। बेपत्ता हुनेमा मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आइतबार बिहान सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ। पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो। सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। अहिले विराटनगर न्यूरो अस्पतालमा राईको उपचार भइरहेको छ।

प्रकाशित: ७ असार २०८० १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App