६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मन्त्री सिंहसहित ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज ल्याइयो,दुई जनाको मृत्यु

बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको  बझाङको सहायक सीडीओ सत्यकुमारी जोशीले जानकारी दिइन्।

घाइते भएका मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको उनले बताइन्।

उनले भनिन्,'कानूनमन्त्री पृथ्वीबहादुर सिंहको श्रीमती र भाउजुको मृत्यु भएको छ। घाइते हुनुभएका मन्त्री पृथ्वीबहादुर सिंह,पीएसओ दीपक भण्डारी र चालकलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ। मन्त्री र पीएसओको अवस्था गम्भिर छ भने चालकको अवस्था सामान्य छ। दुर्घटनाको बारेमा हामीले अनुसन्धान गरिरहेका छौं।'

मंगलबार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको थियो।

प्रकाशित: ५ असार २०८० ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App