२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मानिस र मुसाको सहअस्तित्वको खोजीमा पेरिस

मुसाको अत्यधिक आतंक खेप्न बाध्य विश्वको चौथो सहरका रूपमा परिचित पेरिसले समस्या समाधानको दिगो उपाय अवलम्बन गर्ने भएको छ।

‘के मानव र मुसा सँगसँगै बस्न सक्छन्?’ र यसका लागि उपायहरू के हुन सक्छन् भन्ने विषयमा पेरिसका मेयरले औपचारिक अध्ययन गर्न एक समिति नै गठन गरेको स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

भारतको राजस्थानको डेसनोक सहर, लन्डन र न्युयोर्कपछि सबैभन्दा धेरै मुसा पाइने सहरमा पेरिस पर्छ। २१ लाख मानिस रहेको पेरिस सहरमा यो चारखुट्टे जनावरको संख्या ६० लाख रहेको छ।

‘फ्रान्सका अन्य सहरमा जस्तै पेरिसमा पनि मुसाहरूको उपस्थिति अत्यधिक छ। त्यसैले सहअस्तित्वको विषय स्वाभाविक बनेको छ,’ सो संस्थाले भनेको छ। घर र अपार्टमेन्टमा नभई घरबाहिर उनीहरूलाई कुनै नोक्सान नहुने र मानिसलाई पनि डिस्टर्ब नहुने किसिमको सहअस्तित्वको खोजी गर्न जनावरहरूको अधिकारका लागि काम गरिरहेको पेरिसमा रहेको एनिम्याक्स जुपोलिस नामक संस्थाले जोड दिएको छ।

अमेरिकी समाचार सस्था सिएनएनका अनुसार पेरिसकी मेयर एन हुडाल्गोले मुसा र मानिस सहअस्तित्वमा कसरी र कुन हदसम्म रहन सक्छन् भन्ने विषयमा अध्ययन गर्न एक अध्ययन समिति गठन गरेकी र अध्ययनको सुझावका आधारमा सहअस्तित्वको आधार तयार हुने पेरिसकी उपमेयर एन साउरिसले पेरिस सहर सिटी काउन्सिलको एक बैठकलाई हालै जानकारी दिएकी हुन्।

पेरिसको उत्तरपश्चिम क्षेत्रका एक प्रतिनिधि तथा रिपब्लिकन पार्टीका सदस्य जेफ्री बुलार्डले एक प्रश्नको उत्तरमा उपमेयर साउरिसले सो जानकारी दिएकी हुन्। प्रकाशको सहर (सिटी अफ लाइट्स)को नामले समेत चिनिने पेरिसको पहिचान जोगाउन र मुसाहरू हटाउन यथेष्ट प्रयास नगरेको भनेर बुलार्डले मेयर हुडाल्गोकोे आलोचना गर्दैै आएका थिए। उनले सार्वजनिक स्थानमा मुसाहरूको व्यापक विस्तार भएकाले यसलाई नियन्त्रण गर्न महत्वाकांक्षी योजना तर्जुमा गर्न माग गरेका थिए।

पेरिसवासीको दैनिकीमा मुसाहरू यतिसम्म अभिन्न अंग बनिसकेका छन् कि स्थानीय समाचार माध्यमले यसलाई ‘पेरिसको बेस्वादको सजावट’ भनेर व्यंग्य गर्ने गरेका छन्।

उपमेयर साउरिसले प्रस्तावित अध्ययनअन्तर्गत फ्रान्सेली सरकारले सिटी अफ पेरिसलाई आर्थिक सहयोग पुर्‍याउने जानकारी दिएकी छिन्। उनले ‘पेरिसवासीलाई असह्य नहुने गरी सबैभन्दा कुशल तरिकाले मुसा व्यवस्थापनका उपाय’ खोज्न अध्ययन केन्द्रित रहने बताइन्।  

चौधौं शताब्दीमा फैलिएको र त्यति बेलाको विश्वको आधा जनसंख्यालाई मृत्युको मुखमा धकेल्न बाध्य पारेको वुवोनिक प्लेग (ब्ल्याक डेथ)को संक्रमणमा समेत मुसाको अहम् भूमिका रहेको मानिन्छ।

प्लेगका लागि जिम्मेवार मानिने कालो मुसा नभै अन्य खाले मुुसाका बारेमा अध्ययन गर्न लागेको बताइएको छ। सन् २०१७ मा पेरिसको मुसा नियन्त्रण योजना (एन्टी र्‍याट प्लान) अन्तर्गत मुसालाई जमिनभित्रै राख्न हजाराै फोहोरका डिब्बा निर्माणमा लगानी गरिएको थियो।

अमेरिकाको फोब्र्स पत्रिकाले ‘मुसा पीडित पेरिसले मैत्रीपूर्ण तवरले मुसासँग बाँच्ने उपायको खोजी’ शीर्षकमा हालै समाचार छापेको छ। पत्रिकाका अनुसार पेरिसवासीको दैनिकीमा मुसाहरू यतिसम्म अभिन्न अंग बनिसकेका छन् कि स्थानीय समाचार माध्यमले यसलाई ‘पेरिसको बेस्वादको सजावट’ भनेर व्यंग्य गर्ने गरेका छन्।

पेरिसको रेस्टुरेन्टमा मुसा देखिँदा कुनै खतरा मानिँदैन र कसैले गुनासो गरिहालेमा रेस्टुरेन्टका परिचारकले सामान्य तरिकाले कुनै चिन्ता नगर्न सम्झाउने गर्छन्। फ्रान्सेली पत्रिका ‘ले प्वाइन्ट’ का अनुसार पेरिसमा आर्सनिक विष प्रयोग गरेर मुसा मार्ने गरिन्छ भने कतिपयले पैसा कमाउन यो पेसा अवलम्बन गर्ने गरेका छन्।

‘मृत मुसाको पुच्छर टाउन हलमा ल्याएमा सिकारीले बोनस पाउने गरेका छन्। एक रातमा २५ सय मुसा मार्न सकिने र मुसाको छालाबाट बनाइने पन्जा फेसनप्रेमी र लन्डनका महिलाहरूले अत्यधिक रुचाउँछन्,’ उक्त पत्रिकाले भनेको छ।

चौधौं शताब्दीमा फैलिएको र त्यति बेलाको विश्वको आधा जनसंख्यालाई मृत्युको मुखमा धकेल्न बाध्य पारेको वुवोनिक प्लेग (ब्ल्याक डेथ)को संक्रमणमा समेत मुसाको अहम् भूमिका रहेको मानिन्छ।

सन् १८७० मा भएको फ्रान्स र परसियाली युद्धताका भएको पेरिस घेराबन्दीमा भोका स्थानीयहरूका लागि मुसा प्रमुख खाद्यवस्तु बनेको थियो। ‘विषाक्त हुनबाट जोगिन राम्रोसँग पकाइएका मुसाको आहराले भोकाहरूको पेट भरिएको थियो। यसरी सन् १८७० को हिउँदयाममा मुसा पेरिसवासीको सबैभन्दा प्रिय बनेको थियो,’ फ्रान्सली पत्रिका ‘ले प्वाइन्ट’ मा बताइएको छ।

पेरिस र मुसाका सम्बन्धको लामो इतिहास बताउँदै उक्त पत्रिका भन्छ, ‘१९औं शताब्दीमा मुसाहरू ढलमा र बाँधमा थुप्रिन पुगेका थिए र यी कैयन् मुसाहरू खाना पकाउने भाँडामा र मानिसले लगाउने पन्जामा परिणत भएका थिए।’

वातावरणवादीहरू पारिस्थितिकीय प्रणालीका लागि मुसा कुनै खतरा नरहेको र मुसालाई लिएर गरिएको अनावश्यक सन्त्रास अनुचित रहेको बताउँदै आएका छन्।

जनावरहरूको अधिकारका लागि काम गरिरहेको पेरिसमा रहेको एनिम्याक्स जुपोलिस नामक संस्थाले यो अध्ययनको प्रसंशा गरेको छ।

‘फ्रान्सका अन्य सहरमा जस्तै पेरिसमा पनि मुसाहरूको उपस्थिति अत्यधिक छ। त्यसैले सहअस्तित्वको विषय स्वाभाविक बनेको छ,’ सो संस्थाले भनेको छ। घर र अपार्टमेन्टमा नभई घरबाहिर उनीहरूलाई कुनै नोक्सान नहुने र मानिसलाई पनि डिस्टर्ब नहुने किसिमको सहअस्तित्वको खोजी गर्न उक्त संस्थाले जोड दिएको छ।

यो बहसमार्फत विश्वका सहरलाई पेरिसको मेयर एने हिडाल्गोले एक सन्देश दिन चाहेको अर्काे पत्रिका पोलिटिकोको धारणा छ।

जनावरहरूको अधिकारका लागि काम गरिरहेको पेरिसमा रहेको एनिम्याक्स जुपोलिस नामक संस्थाले यो अध्ययनको प्रसंशा गरेको छ।

‘प्रकाशको सहर पेरिसलाई चुनौती दिएका मुसालाई मेयरले हामी साथी हुन सक्छौं भन्ने सन्देश दिएका छन्,’ पोलिटिको लेख्छ।

यो वर्षको सुरुमा न्युयोर्कले मुसा सफाया गर्न ३५ लाख अमेरिकी डलरको योजना अघि सारेको थियो। योजनाअन्तर्गत स्यानिटरी परीक्षण, पासो तथा भवन मर्मतसम्भारका कार्यहरू अगाडि बढाइएको छ।

सन् २०२१ मा फ्रान्सको अर्काे सहर टुलुजले मुसा मार्न न्याउरी मुसाको प्रजाति फेरेटको प्रयोग गरिएको थियो। विष प्रयोग गर्न नपाइने व्यवस्थाको विकल्पमा यो उपाय अंगीकार गरिएको थियो। विश्वको तापमान बढ्दै गएको सन्दर्भमा विश्वका सहरहरूमा मुसा जस्ता प्रजातिहरूको संख्या बढ्ने आँकलन गरिएकोमा पेरिसको अध्ययन चासोको विषय रहने पोलिटिकोको ठम्याइ छ। 

प्रकाशित: २ असार २०८० ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App