१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सरिताले गरिन् ७७ पटक रक्तदान

रक्तदान गर्दै समाजसेजी सरिता ज्ञवाली। फाइल तस्बिर

औद्योगिक क्षेत्रस्थित सिद्धार्थ टोलकी सरिता ज्ञवाली (६९) का छोरा सन्देश २०४२ सालमा बिरामी भए। उनलाई तत्काल ब्लड (रगत) आवश्यक पर्‍यो। चिकित्सकले जतिसक्दो छिटो ब्लड व्यवस्था गर्न सुझाए। ब्लडका लागि सरिता कयौं स्थान धाइन्। कति जनासँग हारगुहार गरिन्, तर कसैले ब्लड दिन मानेनन्। सरिताका भाइ दाङस्थित तुल्सीपुरका प्रकाश आचार्यले सन्देशलाई निर्धक्क ब्लड दिए।

स्वास्थ्यकर्मीको निगरानीमा ब्लड दिँदा प्रकाशलाई त्यसको प्रत्यक्ष असर परेन अनि सरिताको मनमा एउटा कुरा चेतना भयो, ‘स्वस्थ अवस्थामा रक्तदान गर्दा समस्या नहुँदो रहेछ।’

छोरा सन्देशलाई ब्लड आवश्यकताका लागि गर्नुपरेको दुःख र भाइ प्रकाशले रक्तदान गर्दाको सन्देशले सरितालाई एउटा प्रेरणा मिल्यो। आफ्नो सन्तानलाई ब्लड उपलब्ध गराउँदा जस्तो दुःख नहोस् भन्ने सोचाइका साथ उनले रक्तदान गर्न सुरु गरिन्। सरिताकी नातेदार जानकादेवी उपाध्याय बिरामी हुँदा ब्लड आवश्यक भयो। जानकादेवीका परिवारले पनि उस्तै गरी ब्लड खोजी गरे।

औद्योगिक क्षेत्रस्थित सिद्धार्थ टोलकी सरिता ज्ञवाली (६९) का छोरा सन्देश २०४२ सालमा बिरामी भए। उनलाई तत्काल ब्लड (रगत) आवश्यक पर्‍यो।

अन्ततः सरिताले ब्लड खोजी भइरहेको थाहा पाइन् र पहिलोपटक रक्तदान गरिन्। ‘पहिलोपटक रक्तदान गर्दा थोरै मनमा डर त थियो’, उनले भनिन्, ‘डरभन्दा मानवता बढी हाबी थियो। त्यसैले सफलतापूर्वक रक्तदान गरें।’

त्यसपछि उनले पटकपटक रक्तदान गरिन्। ‘नियमित ब्लड दिन थालेपछि रेडक्रसमा मेरो नम्बर थियो’, उनले भनिन्, ‘ब्लड आवश्यक पर्ने व्यक्ति त्यसरी सम्पर्कमा आउनुहुन्थ्यो।’

दिन नमिल्ने बेलाबाहेक आवश्यक पर्दा अरू जुनसुकै बेला रक्तदानमा सहभागी भएको उनी बताउँछिन्। ‘रगत नै नपाएर मृत्युनजिक पुगिरहेका बिरामीलाई रगत दान गर्छु’, उनले भनिन्, ‘युवायुवतीलाई रक्तदान गर्न उत्प्रेरणा गर्छु।’

धेरैजसो मानिस आफ्नो जीवन कसरी सुखी बनाउने भन्नेमा चिन्ता गर्छन्। जसरी भए पनि आफ्नै लागि कमाउन प्रयास गर्छन्, तर सरिताले आफ्ना लागि कहिल्यै पनि सोचिनन्।

१५औं पटकसम्म रक्तदान गर्दा परिवारका अन्य सदस्यलाई थाहा थिएन। १५औंपटक रक्तदान गरेपछि उनलाई उत्कृष्ट रक्तदाताका रूपमा सम्मान गर्ने कार्यक्रम बन्यो। त्यतिबेला तत्कालीन प्रधानमन्त्री माधव नेपालका हातबाट सम्मान ग्रहण गर्ने कार्यक्रम थियो। त्यतिबेला हो–सरिताका परिवारले रक्तदान गर्ने गरेको थाहा पाएको। रक्तदान गर्ने थाहा पाएपछि परिवारबाट पनि हौसला प्रदान भएको उनी बताउँछिन्। उनले जीवनमा ७७ पटकसम्म रक्तदान गरेकी छन्। अहिले स्वस्थ अवस्थाका कारण उनले रक्तदान गर्न मिल्दैन। ‘उमेर पनि बुढो भयो। यसको मापदण्ड अनुसार मेरो उमेरसम्मकाले रक्तदान गर्न नमिल्दो रहेछ’, उनी भन्छिन्, ‘पछिल्लो समय रक्तदान गर्न पाएको छैन।’ २०७५ असोज १० सरिताले अन्तिमपटक रक्तदान गरेकी थिइन्। उत्कृष्ट महिला रक्तदाताका रूपमा उनले दर्जनौं सम्मान पाएकी छन्।

दिन नमिल्ने बेलाबाहेक आवश्यक पर्दा अरू जुनसुकै बेला रक्तदानमा सहभागी भएको उनी बताउँछिन्। ‘रगत नै नपाएर मृत्युनजिक पुगिरहेका बिरामीलाई रगत दान गर्छु’, उनले भनिन्, ‘युवायुवतीलाई रक्तदान गर्न उत्प्रेरणा गर्छु।’

उनको प्रेरणाबाट कयौं व्यक्तिले रक्तदान कार्यमा सहभागी भएका छन्। ‘मैले मात्र होइन। मेरै प्रेरणाबाट धेरैले रक्तदान गर्नुभएको छ’, उनले भनिन्, ‘रक्तदान गर्दा असर हुँदैन।’ उनको ब्लडबाट कयौं व्यक्तिले ज्यान जोगाएका छन्। ‘मेरो रगतबाट धेरैको ज्यान जोगिएको छ’, उनी भन्छिन्, ‘मेरो रगत अरूको शरीरमा बग्दा म यसमै खुसी छु।’

उनले आफ्नो रगत दान गर्न मिल्ने समय हुनासाथ ब्लड बैंकमा गएर रक्तदान गर्थिन्। पछिल्लो समय उनी सामाजिक संघसंस्थामा पनि आबद्ध छिन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको महिला सदस्य र बाँके बर्दिया उपशाखाको उपाध्यक्ष पनि छिन्। सरिताका दुई छोरा र एक छोरी छन्। श्रीमान् रामेश्वर ज्ञवालीको दुई वर्षअघि मृत्यु भइसकेको छ।

प्रकाशित: ३२ जेष्ठ २०८० ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App