२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीद्वारा ५ ठाउँमा विपद् व्यवस्थापन वेश स्थापना

सशस्त्र प्रहरीले देशका विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन वेश स्थापना गरेको छ। यस्तै अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ। नेपालमा मनसुन सुरु हुनुअघि नै सशस्त्र प्रहरीले विपद् व्यवस्थापन वेश स्थापना गरेको हो।

यस अघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा वेशलाई विपद् व्यवस्थापन वेशको रुपमा स्तरोन्नति गरिएको छ। यस्तै म्याग्दी स्थित बेनीमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढी स्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन वेश स्थापनमा गरिएको हो।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र बेनी, मूलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार  दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १/२ दिन भित्रै वेश स्थापनाको तयारी गरिएको छ। भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र  सुर्खेतको चिप्लेमा यस अघि नै रहेको सुरक्षा वेशलाई स्तरोन्नति गरी विपद् व्यवस्थापन वेश स्थापना गर्ने तयारी गरिएको हो।

स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रक्रियामा रहेको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरेको हो। 

यसबाट तत्काल मनसुन जन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहज हुने पनि डिएसपी थापाले बताए।

प्रकाशित: ३१ जेष्ठ २०८० १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App