२ असार २०८१ आइतबार
image/svg+xml
समाज

तौलिहवा बसपार्कमा प्रहरी बिट स्थापना

कपिलवस्तुको तौलिहवा स्थित बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ ।प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा बिट शुभारम्भ गरिएको हो।

 कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र प्रजिअ शंकरहरि आचार्यले संयुक्तरुपमा रिबन काटेर बिटको उद्घाटन गरे। बिटका लागि नगरपालिकाले बस पार्कमा रहेको २ वटा सटरहरू प्रहरीलाई दिएको छ । सो अवसरमा मेयर पौडेलले बस पार्कमा बिट स्थापना महत्त्वपूर्ण काम भएको भन्दै बिट स्थापना भए पछि भिडभाड हुने बस पार्क र यात्रुहरूको सुरक्षाको मद्दत मिल्ने बताए। 

उनले अब बसमा पार्कमा आपराधिक घटनाहरूमा कमी आउने र यात्रुहरूले शान्ति सुरक्षाको महसुस गर्ने बताए । नगरपालिकाको जगदीशपुर ताल क्षेत्र , दोहनी र बस पार्क गरी ३ ठाउमा प्रहरी बिट स्थापना हुनुले पनि नगर क्षेत्रको सुरक्षा थप बलियो हुने बताए । उनले बस ब्यवसायीहरुलाई तौलिहवा बजार क्षेत्रमा तीव्र गतिमा गाडी नचलाउन आग्रह गरे । सो अवसरमा प्रजिअ आचार्यले प्रहरी बिटले यात्रुहरूले बिभिन्न गुनासोहरू समाधान हुने र झै झगडामा समेत कमी आउने बताए।

 उनले यात्रुहरूको सुविधाको ख्याल गर्न प्रहरी र यातायात व्यवसायीलाई आग्रह गरे । प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले व्यस्त ठाउमा प्रहरी राख्ने योजना अनुरूप प्रहरी बिट स्थापना गरिएको बताए । यसले शान्ति सुरक्षा र अमनचयन ल्याउने उनले दाबी गरे । कार्यक्रम सामुदायिक सेवा केन्द्रको अध्यक्षता र प्रहरी निरीक्षक रेशम पौडेलको अध्यक्षतामा भएको थियो । 

प्रकाशित: २८ जेष्ठ २०८० १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App