२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जबरजस्ती करणी गरेको आरोपमा उच्च अदालतका अधिकृत पक्राउ

उच्च अदालत विरगञ्जमा कार्यरत अधिकृतलाई जबरजस्ती करणी प्रयासको आरोपमा विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।  

२२ वर्षीय किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा विराटनगर–१ का ४८ वर्षीय नारायण प्याकुरेललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।उच्च अदालत विरगञ्जमा कार्यरत प्याकुरेल घर आएको बेला घटना भएको डिएसपी दाहालले बताए ।

जेठ २४ गते राति किशोरीको घरमा गएर बलात्कार प्रयास गरेको र घटनास्थलबाटै प्याकुरेललाई पक्राउ गरिएको डिएसपी दाहालले बताए।पक्राउ परेका प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।जाहेरीका आधारमा प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०८० १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App