२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ। २०७९ चैत २९ गतेदेखि जेठ १९ गतेसम्ममा पटकपटक बलात्कार गरेको आरोपमा तेह्रथुम ताम्फुला–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने बर्ष ३१ को सुनिल बिश्वकर्मालाई पक्राउ गरेको हो।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार विश्वकर्मालाई ललितपुर महानगरपालिका लगनखेल बटुकभैरब अगाडिको पार्कबाट नियन्त्रणमा लिएको हो। परिसरबाट खटिएको प्रहरी निरीक्षक बीरबहाुदर बुढाऐरको टोलीले दिउँंसो साढे १२ बजे पक्राउ गरेको उनले जनाए ।  

अन्तिम पटक जेठ १९ गते अन्दाजी साढे ५ बजेको समयमा सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित कसुरदारको कोठामा जवरजस्ती करणी गरी फरार रहेको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ गरी ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ। 

प्रकाशित: २६ जेष्ठ २०८० १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App