५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो।

मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ वर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। टिपर नदीबाट निकाल्न सकिएको छैन।  

प्रकाशित: २२ जेष्ठ २०८० ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App