२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा बरिष्ठ प्रहरी हवल्दार मृत भेटिए

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार मृत भेटिएका छन्। सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेस्थित निलगिरी माध्यमिक बिद्यालयको सर्बपक्षिय बैठकमा सहभागी भएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय तेल्लोक भन्दा केहि तल बाघथला भन्ने स्थानमा त्रियुगा नगरपालिका वडा नं ७ बस्ने बरिष्ठ प्रहरी हवल्दार ४१ बर्षिय दीपक शाह शंकर मृत भेटिएका हुन्।  

अघिल्लो दिन अबेर सम्म बैठक भएपछि त्यसदिन फर्कन नसकी भोलिपल्ट कार्यालयतर्फ आउने क्रममा बाघथला भन्ने स्थानमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।

इप्रकामै कार्यरत एक प्रहरी कर्मचारीसंगै मेहेले पुगेर बाघथलाको पसलमा 'म हिसाव मिलाएर आउँछु’भन्दै पछि बसेका उनी लामो समयसम्म कार्यालयमा नआएपछि खोजी गर्ने क्रममा उनी मृत भेटिएको प्रहरीले बताएको छ। उनमा छारेरोगको समस्या रहेको उनका साथीभाईले बताउने गरेका थि । शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको समेत प्रहरीले जानकारी दिए।

प्रकाशित: २१ जेष्ठ २०८० ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App