२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिशिका इलामको सामान बोकेको गाडी दुर्घटना, एकको मृत्यु

इलाम– मेची राजमार्गको गोदक खण्डमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गुडिरहेको गाडी भित्तामा जोतिएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इलामस्थित जिल्ला शिक्षा कार्यालयको सामान लिएर आउँदै गरेको ना.१ क ४००९ नम्बरको गाडी दुर्घटना हुँदा सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवले जानकारी दिए।

‘शिक्षाको के सामान गाडीमा थियो र कहाँबाट आएको गाडी हो खुलेको छैन,’ उनले भने, ‘दुर्घटनामा केही घाइतेसमेत छन् भन्ने जानकारी आएको छ ।’

 

प्रकाशित: १६ चैत्र २०७३ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App