९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार शुरु

फाइल तस्बिर

भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार हुने भएको छ।

पुर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गतको साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार हुने लागेको हो।

आइतबार वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडक खण्डको शिालान्यास गरे। कार्यक्रम बोल्दै मन्त्री दुलालले सो सडक खण्ड भक्तपुरलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्गसँग जेड्ने महत्वपूर्ण सडक भएको बताए। उनले यो सडक निर्माण सम्पन्न भएसँगै काभ्रे,सिन्धुपाल्चोक,रामेछाप जोड्ने र भक्तपुर आउन सहज हुने बताए।

सडक निर्माणको कामलाई समयमा नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए। उनले वागमती प्रदेशको समग्र विकासका लागि प्रदेश सडक पूर्वाधार गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको बताए। उनले गुरु योजनामा निर्माणको काम सम्पन्न भएसँगै प्रदेशले हेर्ने सडक खण्डको सूचिसहित योजनावद्ध रुपले काम अगाडी बढाउने प्रतिवद्धता जनाए।  

प्रकाशित: ७ जेष्ठ २०८० १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App