२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

उड्न लागेको विमानमा मुसा देखिएपछि...

जनकपुर विमानस्थलबाट काठमाडौंको लागि उड्न ठिक्क परेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ। शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखिएपछि उडान स्थगित गरेर चेक जाँच गरिएको छ।  

उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन्। बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए।

उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो। जहाजमा ४९ यात्रु रहेका थिए। प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन्। प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ। सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको कर्णले बताए।

प्रकाशित: ६ जेष्ठ २०८० ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App