३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

सवारी दुर्घटनामा परेर रौतहटमा एक विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको हो।

नेपाल विद्युत् प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपाल कुमार यादवको गए राती ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर –बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०३–०२० प २१९४ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतिर आउँदै गरेको ना २ त २९८३ नम्बरको ट्र्याक्टरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

दुर्घटनामा यादवको मृत्यु भएको र मृतकको शव चन्द्रपुर स्थित सरकारी अस्पतालमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको हो। ठक्कर दिने ट्र्याक्टरका चालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए।

प्रकाशित: १ जेष्ठ २०८० १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App