२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तरीमा एकजना युवकको हत्या

सप्तरीमा एकजना युवकको हत्या गरि फालिएको अवस्थाना शव फेला परेको छ।

आइतबार बिहान रुपनी गाउँपालिका– १ रायपुरस्थित खेतमा शव फेला परेको युबक शम्भुनाथ नगरपालिका–२ खैरबनाका २१ वर्षीय तफेजुल रहेको  सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।  

एसपी कार्कीका अनुसार तफेजुललाई राति नै हत्या गरी खेतमा फालिएको हुनसक्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उनले बताए ।प्रहरीले शंकास्पद तीनजनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए।

प्रकाशित: ३१ वैशाख २०८० ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App