२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मुगु हिम पहिरोमा पुरिएकाको उद्दारका गर्न सांसद लामाद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

सांसद छिरिङ लामाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र बुझाउदै। तस्बिर: सांसद लामाको सचिवालय

मुगु र हुम्लाको सिमानामा हिमपहिरोमा पुरिएका व्यक्तिको खोजी कार्यलाई तिव्र बनाउन प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले गृहमन्त्रीको ध्यानाकषर्ण गराएकी छिन्।

उनले बिहीबा र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुगु हिम पहिरोमा पुरिएका तीन जनाको खोजी कार्यका लागि ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएकी हुन्।

वैशाख २२ गते मुगु र डोल्पाको सिमा नजिक यार्सागुम्वा टिप्न गएका जुम्लाका १५ जना नागरिक मध्य ३ जना हिम पहिरोमा परि हाल सम्म बेपत्ता भएको र उनीहरुको चाडो खोजी कार्य गर्न सांसद लामाले भनेकी छिन्।

भेटमा गृहमन्त्री श्रेष्ठले  घटनाको थप अपडेट गरेर उद्दारमा कुनै कसुर नराखी अगाडि बढ्ने बताए।

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर बस्नेतले घटनास्थलमा हिउ परिरहेकाले जिल्लाको २१ जनाको सुरक्षाटोली सिरानचौरमा क्याम्प खडा गरेर बसेको बताए। उनका अनुसार घटनास्थलमा साथमा गएका दुई जना कर्णसार्की र प्रकाश सार्की विरामी भएपछि घर फर्किएका छन्।

हिम पहिरोमा परि जुम्ला पातारासी गाउँपालिका २ का ४२ बर्षिय तारासिंह सार्की, ३८ बर्षिय पूर्णसिंह सार्की, ३६ बर्षिय विर वोहरा बेपत्ता छन्।  

प्रकाशित: २८ वैशाख २०८० १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App